किन बाँकी रहेको एकमात्र रावा सहर पनि फिर्ता गर्दैछ इराकी सेना ?
बग्दाद – इस्लामिक स्टेट (आइएस)ले गएका केही वर्षदेखि कब्जा गरेर आफ्नो नियन्त्रणमा राखेका इराकी विभिन्न सहरहरुमध्ये अन्तिम अथवा बाँकी रहेको एकमात्र सहर रावा पनि फिर्ता गरिँदैछ ।
आइएसको कब्जाबाट फिर्ता गर्न बाँकी रहेको अन्तिम सहर रावाबाट पनि उसलाई हटाएर सरकारी नियन्त्रण कायम गर्नका लागि इराकी सेनाले शनिबारदेखि कारबाही थालेको छ ।
इराकी सेनाले जनाएअनुसार गतमात्र पनि उसले साता अल कायम भन्ने ठूलो नगरमा आइएसको नियन्त्रण नरहेपछि अब रावा र केही साना क्षेत्रमामात्रै उसको पकड छ ।
रावा सहरलाई फेरि नियन्त्रणमा लिन शनिबारदेखि इराकी सेनाले कारबाही सुरु गरेको इराकी सेनाले जनाएको छ ।
यो पछिल्लो इराकी सैन्य कारबाही सम्पन्न भएपछि जिहादी समूहलाई इराकबाट पूर्णरुपमा हटाउने र उनीहरुको पराजयको घोषणा गरिने छ ।
इराकी सेनाको स्थलगत सैन्य समूहहरु कारबाहीमा संलग्न रहेका छन् । बताइएअनुसार ती दुई सैन्य समूहले शनिबारदेखि रावा सहरका प्रमुख भू–भागहरुमा धावा बोलिरहेका छन् ।
उनीहरुलाई हवाई सेनाको लडाकू विमानहरुले पनि सहयोग गरिरहेको जनाइएको छ । रावा इराक र सिरियाको सीमामा पर्ने एक हो । उक्त सहरलाई आइएसले स्वघोषित प्रान्तका रुपमा लिएको थियो ।
इराकमा आइएसको प्रवेश भएपछि नै सिरिया र इराकबीच उसका लडाकूको आवतजावत र हात हतियारको ओसारपोसारका लागि पनि यस सहरको प्रयोग हुने गरेको थियो ।
इराकी सुरक्षा फौजको भनाइअनुसार आइएसलाई इराकमा पहिले उसले नियन्त्रणमा लिएका क्षेत्रहरुबाट धपाइ सकिएको छ ।
उनीहरुले सुरुमा इराकी सहरहरु आफ्नो नियन्त्रणमा लिँदा करिब ४४ लाख इराकी नागरिक उनीहरुको शासनमा परेका थिए । अहिले ती सबैलाई स्वतन्त्र बनाइएको छ ।
पछिल्लो समयमा इराकबाट आइएसको शासनको अन्त्यका लागि अमेरिकाले नेतृत्व गरेको गठबन्धन सेनाले कारबाही थालेको थियो । तर अहिले पछिल्ला समयहरुमा भने इराकी सेनाले आफै कारबाही गर्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान