शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएन लिगल डिफेन्स फाउण्डेशनले थाल्यो काम

सोमबार, २७ कात्तिक २०७४, १० : ३६
सोमबार, २७ कात्तिक २०७४

न्यूयोर्क– कानुनी सहयता नपाएर बिदेशमा दुःख पाएका नेपालीको सहयोगका लागि स्थापना भएको एनआरएन लिगल डिफेन्स फाउण्डेशनले आफ्नो काम शुरु गरेको छ । केहिदिन पहिला काठमाडौंमा विशेष कार्यक्रम गरेर फाउण्डेशनले कानुनी सहयता नपाएका मध्यपुर्व क्षेत्रका नेपालीहरुलाई सहयोगको आब्हान गरेर आफ्नो काम शुरु गरेको हो । 
फाउण्डेशनका प्रमुख संरक्षक तथा बरिष्ठ अधिवक्ता खग्रेन्द्र क्षेत्रीका अनुसार आफुलाई बिषेश गरि कामका लागि मध्यपुर्वका देशमाहरुमा पुगेका नेपालीहरुले बिभिन्न कारणले कानुनी झमेलामा परेर अनावश्यक रुपमा दुख पाएको सुनेकोले त्यहि क्षेत्रबाट फाउण्डेनशनले कामको शुरुवात गरेको बताए । फाउण्डेशनका सदस्य पिताम्बर भुषालले मध्यपुर्वमा कानुनी सहयता खोजेका अथवा मध्यपुर्व रहेका नेपालमा रहेका परिवारका सदस्यहरुले सहयोगका लागि जानकारी गराए आफुहरुले उचित सहयोग गर्न पहल गर्ने जानकारी दिए । 
फाउण्डेशनको नेतृत्वमा कानुन व्यवसायीहरु हरि प्रसाद पाण्डे, पिताम्बर भुषाल, समिर जीसी, सुशिलप्रसाद अधिकारी, गोबिन्द प्रसाद उपाध्याय, सकुन भण्डारी लगायत छन् भने इन्दिरा राणा फाउण्डेशनको संरक्षक छन् । एनआरएनका वर्तमान अध्यक्ष भवन भट्ट लगायत पूर्व अध्यक्षहरु तथा एनआरएन नेताहरु फाउण्डेशनको ट्रस्टी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप