बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ सभ्यताको पुनर्जन्म

सोमबार, २७ कात्तिक २०७४, १३ : ५७
सोमबार, २७ कात्तिक २०७४

सुमन सिग्देल
चीनको मध्यपूर्वी भागमा एउटा लामो नदी छ । यसलाई चिनियाँहरू ह्वाङ्ओ नदी भन्छन् । यसै नदीको किनारबाट सुरू भएको सभ्यतालाई हामी ह्वाङ्ओ  सभ्यता पनि भन्छौँ ।

इसापूर्व २६०० वर्ष अगाडि सुरु भएको यो चिनियाँ सभ्यतासँगै चीनलाई धेरै राजाहरूले शासन गरे उनीहरूले शासन मात्र गरेनन्, चिनियाँ समाजमा अफिम जस्तो विषको बिजारोपणसँगै यसको ब्यापारीकरण गरे । आफ्नो सीप र कौशलमा मूल्य देख्ने त्यति बेलाका गरिब जनताहरूलाई शासकले भ्रष्ट बनाए । चीनका सबै जस्तो भूभागहरूमा अफिम खेतीको सुरूवात गरियो र चीनको प्रमुख आयको स्रोत नै अफिम बन्यो । चीनको त्यति बेलाको उत्पादित अफिमको ठूलो मात्रा पश्चिमा  मुलुकमा खपत हुन्थ्यो, खासगरी फ्रान्स र बेलायतमा । चीन समान्तकालीन त्यो समाजमै विकशित बाटोमा उन्मुख हुँदै थियो । 

वैदेशिक मुद्रा भित्रँदै जानु, चीन सम्पन्न बन्दै जानु, पश्चिमा मुलुकहरू खासगरी बेलायतका लागि यो एउटा दुखद् घटना हुँदै गएको थियो । बेलायतले यसै समयमा घोषणा गर्यो । चिनियाँ अफिम अब प्रतिबन्ध हुने छ । चीनभित्र यो घटना त्यति सहज हुन भने सकेन । बेलायती प्रतिबन्धका बाबजुत पनि चीनले यसलाई रोक्न सकेन ।

परिणाम स्वरूप सन् १८३८ देखि सन् १८४२ सम्म अफिम युद्ध भयो । यसमा २०००० भन्दा बढी मानिसहरूले ज्यान गुमाउनु पर्याे । चीनको यसमा हार मात्र प्रमाणित भएन उसले आफ्नो देशलाई दीर्घकालीन समयसम्म बाध्न सक्ने बेलायती साम्राज्यको सन्धि पत्रका हस्ताक्षर गर्नुपर्यो । त्यो सन्धि पत्रले चीनको दक्षिण पूर्वी भूभाग हङ्कङ उसबाट अलग गर्यो । बेलाउलाई चीनका ५ मुख्य बन्दरगहा खुल्ला गर्नु पर्ने, विदेशी वस्तुमा ५ भन्दा बढी आयात कर लगाउन नपाइने र बेलायती नागरिकलाई चिनियाँ कानुन बाध्य नहुने जस्ता अर्ध औपनिवेशिक मुलुको  स्विकृति पत्रमा चीनको हस्ताक्षर भयो । यो राज्यको सम्झौताबाट चिनियाँ जनता आहत भए उनीहरूले छिट फुट विद्रोह पनि गरे तर सामन्तवादी सत्ता विदेशीसँग गर्नुपरेको सम्झौतामा कुनै आत्म ग्लानिको महसुस गर्दैनथिए ।

त्यसपछि चीनको समाज निकै गरिबी र समाजिक विपत्तिको शिकार हुनपुग्यो । सन् १९२८ सम्म चीन एउटा पछौटे सामन्तवादी मुलुकका रूपमा स्थापित भयो । तर पछि केही सम्झौताहरू खारेज पनि भए । तर पनि सामन्ती जमिनदारी प्रथा र यसको चरम विकास भएको चीनमा मानिसहरू पशु जस्तै सजिलै किनबेच हुनु, भोकमरीले मानिस मर्नु कुनै अनौठो विषय थिएन । कमजोर मानिसलाई विभेद रोगहरूले गाँजेजस्तै चीनलाई  सम्राज्यवादी मुलुकहरूले उपयोगको माध्याम बनाउन खोजे यसैबीच अर्काे त्यो समयको साम्राज्यवादी मुलुक जापानले चीन माथि हमला गर्यो । निरास चिनियाँ जनता कुनै पनि विदेशी शक्तिलाई टिकिरहन दिन चाहाँदैनथे । 

सन् १९२१ मा निर्माण भएको चिनियाँ कम्युनिस्ट पार्टी नै भावी चीनको भविष्य बन्न खोज्दै थियो । चीनका सुख्खा पहाडहरू, कठोर हिउँले भरिएका बस्तीहरू र मरूस्थलहरूबाट अब चीन गर्जंदै थियो । सन् १९२७ मास्वतन्त्र  स्वाधीन र विशाल चिनको निर्माण यात्रामा निस्कन जनता तयार भए, चीन तयार भयो । हजारौँ बस्ती जले, तोप र गोला र जीवन निकै सस्ता भए । आफ्ना भावी सन्ततीहरूको निमित्त चीनको एउटा पुस्ताले परिवर्तनको आगोम बारूद बनेर पढ्किन तयार भए । परिणामत सन् १९४९ मा चीनले पुनर्जन्म पायो ।

अब चीन स्वतन्त्र छ । ९९ सय वर्ष अगाडि बेलायतले जुन साम्राज्यवादी शैलीमा चीनको एउटा सुन्दर भूभाग हङ्कङ खोसेको थियो त्यसलाई ससम्मान फिर्ता गरेको छ । आज चीन संसारकै तीव्र गतिको बुलेट रेलको गतिमा दौडिरहेको छ । आजका चीनका पुस्ता पुर्खाको त्यो इतिहासको जगमा विश्वकै उत्कृष्ट चीन निर्माणको यात्रामा लम्किरहेका छन् । म विशाल चीनलाई देखेर टोलाइरहेको त्यो क्षण एक चिनियाँ मित्र भन्छन् आजको चीन चीआनहरू माथि फुलेको सुन्दर फूल हो । झन्डै ८२ लाख मानिसहरूको चिहानहरू माथि आजको चीन दौडिरहेको छ । म झ्याल खोल्छु र पर हेर्छु सडका किनाराहरूमा फूलहरूको छेउमै दुई प्रेमीहरू हाँस्दै बसिरहेका छन् । सोच्छु १९४९ को शिशु चीन साच्चै जवान भएको छ ।                     
 

जब चीनको विशालतासँगै यसको इतिहासमा डुबुल्की मार्न खोज्छु तब  आफ्नो देशको इतिहाससँग जोड्न मन लाग्छ । हामीले पनि सामन्ती समाज नभोगेको कहाँ हो र ? हामीले पनि हाम्रो भूमिहरू नगुमाएको कहाँ होर ? सबैभन्दा प्रिय कुरा कुनै गुमायौँ भने ती हाम्रो आफन्तहरू थिए तर पनि हामी चिनियाँहरूको त्यही समाजमा छौँ, जहाँ मानिसहरूको बिक्री हुन्थे । फरक यति छ उनीहरू आफ्नै देशभित्र बिक्री हुन्थे । हामी अन्तर्राष्ट्रिय वस्तु जस्तै बिक्री भइरहेका छौँ । त्यो समाज जहाँ मानिसहरू अकालमा मर्ने गर्थे ।

हाम्रोमा कुपोषणको शिकार भएर मरिरहेका छन् । राज्य लुटेराहरूको हातमा परेको छ । आज पनि हाम्रो मानवताको मरूध्यानमा जीवन रूपी विकासको फूल फुल्न सकेको छैन । यसका लागि हामीले हाम्रो पुर्खाहरूका रगतहरूले सिंचिएको यो भूमिमा झारहरू होइन, सुन्दर फूलहरू फुलाउनुपर्ने बेला भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप