जापान एयरलाइन्सको नेपालबाट कार्गो सेवा
काठमाडौं– जापान एयरलाइन्सले नेपालवाट कार्गो सेवा सुरुवात गरेको छ । हाल विभिन्न आधुनिक विमान मार्फत विश्वका ९२ वटा गन्तव्यमा आफ्नो सेवा प्रदान गरिरहेको जापान एयरलाइन्सले नेपालका लागि स्टारलाईट एक्सप्रेसलाई जेएसएको रुपमा लिएको छ ।
स्टारलाईट एक्प्रेस्का प्रवन्ध निर्देशक सुन्दर दाहालले यस सेवाले नेपाल र जापान वीचको दुई देशीय आर्थिक सहयोगमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।
व्यवसायिक सुद्धता र इथिकस्लाई मूख्य आधार बनाएर यसले आफ्नो सेवाको सुरुवात गरेको जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
‘यसले हाल नेपालवाट दिल्लीसम्म नेपाल एयरलाईन्स र दिल्लीवाट जापानसम्म जापान एयरलाइन्स मार्फत हरेकदिन कार्गो सेवा उपलब्ध गराउदै आएको छ ।’
उच्चस्तरी सेवा र सुविधा सहित सेवा विस्तार गरिरहेको जापान एयरलाइन्सको दर–रेट अहिले वजारमा चलिआएको दर–रेट भन्दा कम रहेको पनि कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?
-
२०७२ को विनाशकारी भूकम्प : सम्झनामा बृहत् फोटो प्रदर्शनी, तस्बिरहरू
-
चीनमा हुवावेईको विक्री आकासियो
-
गीत रेकर्डसँगै ‘आम नागरिक’ निर्माण सुरु
-
सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली