शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलबारदेखि दशौँ दक्षिण एशियाली आर्थिक सम्मेलन हुने

सोमबार, २७ कात्तिक २०७४, १८ : ५७
सोमबार, २७ कात्तिक २०७४

काठमाडौँ । काठमाडौँमा मंगलबार देखि दशौँ दक्षिण एशियाली आर्थिक सम्मेलन हुने भएको छ । 

दक्षिण एसियाको आर्थिक सामाजिक विकासमा देखिएका समस्या बारे छलफल गर्न यो सम्मेलन हुन लागेको हो । नेपाल सरकार, राष्ट्रिय योजना आयोग वाणिज्य मन्त्रालय र साउती नेपालको आयोजनामा दशौं संस्करणको सम्मेलन हुने भएको हो ।

सोमबार राष्ट्रिय योजना आयोगले पत्रकार सम्मेलन गर्दै दक्षिण एशियाली आर्थिक सम्मेलन हुने भएको जानकारी दिएको छ । दक्षिण एसियाको विकासमा देखिएका समस्याका सम्बन्धमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने र ती कार्यपत्रहरुमा बिभिन्न समूहमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा दक्षिण एसियाली मुलुकका २०० भन्दा विज्ञ प्रतिनिधिहरुको सहभागिता हुने छ ।

आगामी बिहिबारसम्म चल्ने सम्मेलनमा अन्तरक्षेत्रीय व्यापार र सम्भावना पहिल्याउने, दिगो विकासका लक्ष्यका प्राप्तिका लागि सामुहिक रणनीति बनाउने, समावेशी विकासका अवधारणाहरु, जलबायु परिबर्तन, अन्तरक्षेत्रीय लगानी, प्रकोप तथा जोखिम न्यूनीकरणजस्ता  विषयमा छलफल हुने कार्य तालिका रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप