शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गायक तिगेलाले  यसरी तताए युकेको माहौल

मङ्गलबार, २८ कात्तिक २०७४, ०९ : २४
मङ्गलबार, २८ कात्तिक २०७४

 लण्डन –  एक भब्य सांस्कृतिक कार्यक्रममा गायक सुजन तिगेला लिम्बुले सागितिक वाताबरणलाई झुमझुम र उत्तेजित बनाएर वाहीवाही बटुलेका छन् ।

युकेको अक्सफोर्डमा आयोजित सांस्कृतिक कार्यक्रममा गायक तिगेलाले के सारो ब्यूटी लुँङामा ज्यू, माया पनि गरिरहुँ लाग्यो छापा पनि परिरहुँ लाग्यो, फेसबुकमा रिक्वेष्ट पठाएको, लगायत गीतहरु प्रस्तुत गरे । 

पहिलो चरणमा सुमधुर गीतहरु पस्किए भने दोस्रो चरणमा नचाउने गीतहरु प्रस्तुत गरेका थिए । पछिल्लो समय धेरै चर्चामा आउन सफल तिगेला हाईपीचका गीत गाउने नेपालका गायकहरु मध्ये अब्बल मानिन्छ । उनका ५  वटा गीति एल्बम बजारमा छन, उनी हङकङ, युके लगायतका ठाँउहरुको सांगितिक यात्रामा ब्यस्त छन् ।

किराँत याक्थुङ चुम्लुङ युकेको केन्द्रीय समिति, आसफोर्ड शाखा, फोक्स्टोन शाखा, क्यान्टवरी शाखा, केन्ट वेष्ट शाखा लगायतले सम्मानपत्र प्रदान गरेको थियो । तिगेला भन्दा केहीहप्ता अगाडि युकेमा आईपुगेका लिम्बु भाषाकी लोकप्रिय गायिका मनु नेम्बाङ र नवगायिका तारा थेवे सँगसगै कार्यक्रमहरुमा सहभागि बन्दै आएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप