शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुवेतमा शिल्पी संघ नेपाल गठन

मङ्गलबार, २८ कात्तिक २०७४, १० : ४०
मङ्गलबार, २८ कात्तिक २०७४

कुवेत– कुवेतमा शिल्पी संघ नेपाल गठन भएको छ । नेपालको पुर्ब मेचिदेखि पश्चिम महाकाली सम्मका कुवेतमा कार्यरत शिल्पी समुदायको भेलाले शिल्पी संघ नेपाल कुवेत शाखा गठन गरेको हो । 
कुवेतको फर्वानिया पार्कमा भएको एक भेलाले २०१७ नोभेम्बर १० मा रनबहादुर रसाइलीको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति चयन गरेको हो । मानव समाजको बिकास क्रम संगसंगै नेपाली समाज सञ्चालनका आधारभुत बस्तुको खोज, उत्पादन र बिकासमा शिल्पी समुदायको महत्त्वपूर्ण योगदान रहेको छ । 

शिल्पी समुदाय भित्र बिश्वकर्मा, मिजार, परियार,गन्धर्व, वादी, राम (चमार), पासी, पासवान, धोबी, तत्मा, खत्वे, मरिक (डोम), मुसहर, कोरि, चिडिमार, पत्थरकट्टा, वातर, मेहत्तर, सरभङ, खतिक, कलहर, ककैया लगायतका जाती रहेका छन् । 

राज्यले शिल्पी समुदायलाई सम्मानजनक पहिचान, राजनीतिक अधिकार र समानुपातिक प्रतिनिधित्वको अधिकार ग्यारेन्टी गर्नु पर्ने, संविधान सभा द्वारा जारी संविधानमा पूर्ववत् दलित शब्द कायम राखी मानवताको कलंक जातीय भेद भेदभाव लाई निरन्तरता दिदै शोषण र दमन गर्ने प्रवृत्ति हटाउनु पर्ने तथा दलित शब्दको विकल्पमा शिल्पी शब्द राख्न दबाब सिर्जना गर्ने उदेश्य रहेको शिल्पी संघ नेपाल कुवेतका संयोजक रसाइलीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप