अमेरिकन महिला नेपाली पहिरनमा
अमेरिका– गत नोभेम्बर ११ मा अमेरिकाको न्यु जर्सीमा रातो सारीमा सजिएका महिलाहरुको निकै भिभाड थियो । किशोरीदेखि बृद्धसम्मका नेपाली र अमेरिकी महिलाको उक्त उपस्थिति हेर्न लायक देख्न्थ्यिो । अमेरिकन महिलाहरु नेपाली महिलालाई लैंगिक हिंशाबिरुद्ध ऐक्यबद्धता जनाउन रातो फरियामा सहभागि बनेका थिए ।
न्युजर्सीमा रहेको स्वास्थ्य संस्था ‘केयर पोइन्ट’ अन्तरगत ‘हड्सन स्पीक्स’ले संचालन गरेको ‘बोलो बहन’ अभियानका क्रममा आयोजित ‘रेड सारी इभेन्ट’नामक कार्यक्रममा महिलाहरु रातो सारीमा उपस्थित भएका थिए ।
न्युजर्सीको हड्सन काउन्टी(जिल्ला)मा घरेलु र यौनहिंशाको शिकार भएका दक्षिण एसियाली महिलाहरुलाई निशुल्क सेवा प्रदान गर्ने उदेश्यले स्पीक सिस्टर अर्थात् ‘बोलो बहन’ अभियान संचालन गरिएको हो ।
बंगाली, हिन्दी, अँग्रेजी तथा नेपाली भाषामा समेत यस पटकदेखि सेवा विस्तार गरिएको छ । यसको साथै घरेलु तथा यौनहिंशाका पिडित नेपाली महिलाहरुलाई निशुल्क सहयोग गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।
महिला सामाजिक कार्यकर्ता तथा महिला अधिकारकर्मी बिष्णुमाया परियार (मानार्थ विद्यावारिधि ) नेपाली समुदायको संयोजक भएकोले उनकै पहलमा रातो रातो कार्यक्रमको आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी