शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली बलरहरुको सानदार प्रदर्शन : सन्दीपको घातक बलिङ, मलेसिया मात्र ४५ रनमा सीमित

मङ्गलबार, २८ कात्तिक २०७४, १३ : ०८
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौँ - एसीसी यू १९ एसिया कपको समूह चरणको अन्तिम खेलमा मलेसियाले नेपाल सामु ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वर्षाको कारण २४ ओभरमा छोट्याइएको खेलमा मलेसियाले मात्र १५.३ ओभरमा सबै विकेट गुमाउँदै ४५ रन बनाएको हो ।

बेयुमास ओभलमा जारी समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो ।

ओभर छोट्याएपछि मलेसियाले खेलमा निकै आक्रामक शुरुवात गरेको थियो । ५ ओभर सकिँदासम्म मलेसियाले ३० रन पूरा गरिसकेको थियो ।

तर, अनिल कुमार शाहले छैटौ ओभरमा विरन्दीप जगजित सिंहलाई आफ्नो शिकार बनाएपछि मलेसियाको नाटकीय पतन शुरु भयो ।

३३ रनको स्थितिमा पहिलो विकेट गुमाएको मलेसियाले सातौँ ओभरमा कुनै पनि रन नजोडी थप दुई विकेट गुमाउन पुग्यो । कप्तान दीपेन्द्र सिंह ऐरीले मेडेन ओभर फाल्दै २० रन बनाएर आक्रमक खेल खेलिरहेका मलेसियाका सादेद अजिज मुबारक र सौविन्दर सिंहलाई पभेलियन फर्काए ।

आठौँ ओभरमा सन्दीप लामिछानेले मोहमद हफिज खैरलाई आउट गरे भने १० औँ ओभरमा महोहमद आरिफ युसुफलाई शुन्य रनमा आउट गरे ।

शहाब आलमले ११ औँ ओभरमा दुई विकेट लिएपछि मलेसिया ४० रन बनाउँदा ७ विकेट गुमाउन पुग्यो । १२ औँ ओभरमा सन्दीपले थप दुई विकेट लिए ।

लामिछानेले खेलमा ४.३ ओभर बलिङ गर्दै मात्र ८ रन खर्चिएर ५ विकेट लिए । दीपेन्द्र र आलमले २–२ विकेट लिए ।

नेपालले अब केही बेरमा ब्याटिङ गर्नेछ ।

सेमिफाइनलमा सहजै प्रवेश गर्न नेपालले मलेसियालाई राम्रो रन रेटसहित पराजित गर्नुपर्ने हुन्छ । समूह एमा आज भारतले बंगालदेशलाई पराजित गरेको खण्डमा र नेपालले मलेसियालाई पराजित गरे तीन जना टोलीको समान चार अंक हुनेछ । यसमा रन रेट महत्वपूर्ण हुनेछ । तीन टोली मध्ये नेपालको रन रेट सबैभन्दा कम रहेको छ । तर, बंगालदेशले भारतलाई पराजित गरे नेपाल स्वतः अर्को चरणमा पुग्ेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप