चन्दा नपाएपछि सरकारले बुढीगण्डकीको सम्झौता रद्द गरेको केपी ओलीको आरोप
काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले जलविद्युत आयोजनाको लाइसेन्स वेचेर चुनावी चन्दा उठाउदै आएको कांग्रेसले चन्दा नपाएकै रिसमा बुढिगण्डकी सम्झौता खारेज गरेको बताएका छन् । सरकारले हिजोमात्रै प्रचण्ड नेतृत्वको सरकारले गरेको बुढीगण्डकी निर्माणका लागि चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय रद्ध गर्ने निर्णय गरेको थियो ।
मंगलबार काठमाडौमा बाम गठबन्धनका उम्मेदवारको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘बुढिगण्डकी सम्झौता चन्दा नदिएको झोकमा सरकारले खोसेको हो । यसमा दुइमत छैन, किनभने कांग्रेस लाइसेन्स बेचेर चन्दा जुटाउने पार्टी हो ।’
चुनाव विथोल्न विप्लब माओवादीका कार्यकर्ताले उम्मेदवारमाथि गोली हान्ने र सरकारबीच साँठगाँठ रहेको भन्दै ओलीले उम्मेदवारमाथि बम हान्नेहरुको र सरकारको एउटै नियत भएको बताए । उनले भने, ‘कोही उम्मेदवारमाथि गोली चलाउँछन् कोही उनिहरुलाई नै संरक्षण गर्छन् यसमा साँठगाठ र मिलेमतो नभए के हुन्छ ?’ ओलीको प्रश्न थियो ।
चुनावका मुखमा सरकारले राज्यकोषबाट कांग्रेसका कार्यकर्तालाई २३ करोड बाडेको आफुले सुनेका भन्दै ओलीले सरकारलाई राज्यकोष रित्याउने काम तुरुन्त बन्द गर्न चेतावनी पनि दिए । कांग्रेसले मुलुकका लागि केही नगर्ने भन्दै उनले भने ‘दुई पटक बहुमत ल्याउँदा पनि केही गर्न सकेन, कांग्रेसले नै सम्बन्ध विगारेर भारतले नाकाबन्दी लगायो ।
अहिलेको सरकार निरिह छ, हाम्रा गाडी नाकामा लाइन लागेर बसेका छन् सरकार केही भन्न सक्दैन ।’ आफ्नो देशको राष्ट्रियता बेच्दै सरकार भारतसाग लम्पसार परेको पनि ओलीले बताए । ‘हजुरसँग रित पुर्याएर वोल्छौ भन्छ सरकार ।’ तर राष्ट्रियताको रक्षा गर्छो भनेर आफ्नो घोषणापत्रमा लेख्न नसक्नुनै कांग्रेसको जालझेल र षडायन्त्र भएको पनि बताए । उनले कांग्रेसको जालझेल र षडयन्त्रबाट कम्युनिष्ट सरकार बन्नबाट नरोकिने भन्दै सरकार बनाएर छाडने बताए । ‘सरकार बन्छ साम्यबाद अहिले भनेका छैनौ । साम्यबाद उत्तम भएपनि तर सम्भव छैन । तर समाजवादमा जान्छौ दुविधा नराखेहुन्छ ।’ कांग्रेस लोकतन्त्रबादी पार्टी नभएको भन्दै ओलीले लोकतन्त्रबादी कम्युनिष्ट भएकाले कम्युनिष्टलाई नै भोट दिएर लुटतन्त्रबादी कांग्रेसलाई पराजित गर्न आव्हान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा