बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चन्दा नपाएपछि सरकारले बुढीगण्डकीको सम्झौता रद्द गरेको केपी ओलीको आरोप

मङ्गलबार, २८ कात्तिक २०७४, १६ : २८
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले जलविद्युत आयोजनाको लाइसेन्स वेचेर चुनावी चन्दा उठाउदै आएको कांग्रेसले चन्दा नपाएकै रिसमा बुढिगण्डकी सम्झौता खारेज गरेको बताएका छन् । सरकारले हिजोमात्रै प्रचण्ड नेतृत्वको सरकारले गरेको बुढीगण्डकी निर्माणका लागि चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय रद्ध गर्ने निर्णय गरेको थियो ।
मंगलबार काठमाडौमा बाम गठबन्धनका उम्मेदवारको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ‘बुढिगण्डकी सम्झौता चन्दा नदिएको झोकमा सरकारले खोसेको हो । यसमा दुइमत छैन, किनभने कांग्रेस लाइसेन्स बेचेर चन्दा जुटाउने पार्टी हो ।’
चुनाव विथोल्न विप्लब माओवादीका कार्यकर्ताले उम्मेदवारमाथि गोली हान्ने र सरकारबीच साँठगाँठ रहेको भन्दै ओलीले उम्मेदवारमाथि बम हान्नेहरुको र सरकारको एउटै नियत भएको बताए । उनले भने, ‘कोही उम्मेदवारमाथि गोली चलाउँछन् कोही उनिहरुलाई नै संरक्षण गर्छन् यसमा साँठगाठ र मिलेमतो नभए के हुन्छ ?’ ओलीको प्रश्न थियो । 
चुनावका मुखमा सरकारले राज्यकोषबाट कांग्रेसका कार्यकर्तालाई २३ करोड बाडेको आफुले सुनेका भन्दै ओलीले सरकारलाई राज्यकोष रित्याउने काम तुरुन्त बन्द गर्न चेतावनी पनि दिए । कांग्रेसले मुलुकका लागि केही नगर्ने भन्दै उनले भने ‘दुई पटक बहुमत ल्याउँदा पनि केही गर्न सकेन, कांग्रेसले नै सम्बन्ध विगारेर भारतले नाकाबन्दी लगायो ।
 अहिलेको सरकार निरिह छ, हाम्रा गाडी नाकामा लाइन लागेर बसेका छन् सरकार केही भन्न सक्दैन ।’ आफ्नो देशको  राष्ट्रियता बेच्दै सरकार भारतसाग लम्पसार परेको पनि ओलीले बताए । ‘हजुरसँग रित पुर्याएर वोल्छौ भन्छ सरकार ।’ तर राष्ट्रियताको रक्षा गर्छो भनेर आफ्नो घोषणापत्रमा लेख्न नसक्नुनै कांग्रेसको जालझेल र षडायन्त्र भएको पनि बताए ।  उनले कांग्रेसको जालझेल र षडयन्त्रबाट कम्युनिष्ट सरकार बन्नबाट नरोकिने भन्दै सरकार बनाएर छाडने बताए । ‘सरकार बन्छ साम्यबाद अहिले भनेका छैनौ । साम्यबाद उत्तम भएपनि तर सम्भव छैन । तर समाजवादमा जान्छौ दुविधा नराखेहुन्छ ।’ कांग्रेस लोकतन्त्रबादी पार्टी नभएको भन्दै ओलीले लोकतन्त्रबादी कम्युनिष्ट भएकाले कम्युनिष्टलाई नै भोट दिएर लुटतन्त्रबादी कांग्रेसलाई पराजित गर्न आव्हान गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप