शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लिलिबिलीमा रेविकालाई रिप्लेस गरिन् प्रियंकाले

मङ्गलबार, २८ कात्तिक २०७४, १६ : ३५
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौँ –निर्माण घोषणा र छायाँकनको समयमा कलाकार फेरबदल हुनु चलचित्र क्षेत्रको नियति नै भइसकेको छ । ब्यस्तता, स्वस्थ्य समस्या र पारिश्रमिक लगायतका कारणले पनि कलाकार फेरबदल हुने गरेका छन् । 

यस्तै भएको छ चलचित्र ‘लिलिबिली’मा पनि । चलचित्रको केही पहिले राजधानीमा एक भब्य कार्यक्रम सहित घोषणा गरिएको थियो । उक्त कार्यक्रममा चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री रेविका गुरुङको मुख्य भुमिका रहने बताइएको थियो । 

तर अहिले चलचित्रमा रेविकाको ठाउँ अभिनेत्री प्रियंका कार्कीले लिने भएकी छन् । समयमै चलचित्र सक्नुपर्ने बाध्यता र अभिनेत्री रेविका बिरामी भएका कारणले उनको ठाउँमा प्रियंका राखिएको निर्माता गोबिन्द शाहीले बताए । 

‘रेविका बिरामी पनि छिन् र भिषा पनि बेलायती दूतावासले दुई पटक अस्वीकृत गर्यो । जसको कारणले चलचित्रको सुटिङ ढिलाई भइरहेको थियो’ निर्माता शाहीले भने ‘ समयमै सुटिङ सकाउन नायिका नै चेन्ज गरेर सुटिङ सुरु गरिएको हो ।’ अभिनेत्री चेन्ज भएपछि निर्माण युनिट अहिले चलचित्रको सुटिङकना लागि बेलायत प्रस्थान गरेको शाहीले खुलाए । चलचित्र भित्र अभिनेता प्रदीपले प्रियंका कार्की र नव नायिका जसिता गुरुङसँग रोमान्स गर्नेछन् । 

अभिनेत्री रेविकाले पनि आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै चलचित्रबाट बाहिरिने निणर्य आफैले गरेको जनाएकी छन् । स्वास्थ्य र भिषाको कारणले आफु चलचित्र अभिनय गर्न असफल भएको स्टाटसमा खुलाएकी छन् । 

नायक, निर्माता तथा बितरक गोविन्द शाहीले, सुदीप खड्का र मिलन चाम्ससँगको सहकार्यमा ‘लिलिबिलि’ निर्माण गर्न लागेका हुन् । प्रदीप भारद्वाजको लेखेन रहेको चलचित्रमा अभिनेता प्रदीपले चलचित्र थाइल्याण्ड र म्यानमारको राईट्स सहित २२ लाख पारिश्रमिकमा अनुबन्धित भएका थिए ।

साढे दुई करोड लगानीमा बन्ने चलचित्रको सम्पुर्ण छायाँकन युकेको स्कटल्याण्ड, ईङल्याण्ड र लण्डनमा हुनेछ । चलचित्रले प्रदर्शन मिति ३० चैत्रलाई फाइनल गरेको छ । चलचित्र मिलन चाम्सले निर्देशन गर्दैछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप