शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘ह्यापी डेज’को प्रिमियरमा घेरिए प्रदीप र प्रियंका

मङ्गलबार, २८ कात्तिक २०७४, १७ : १४
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौं – मिलन चाम्स निर्देशित चलचित्र ‘ह्यापी डेज’को बेलायतमा प्रिमिएर गरिएको छ । एन्डरसटस्थित प्रिन्सेस हलमा आयोजित प्रिमिएरमा चलचित्रका निर्देशक मिलन चाम्स, अभिनेता प्रदीप खड्का र अभिनेत्री प्रियंका कार्की उपस्थित थिए ।

अभिनेता प्रदीप चलचित्र ‘लिलिबिलि’ छायाँकनका लागि युके पुगेका थिए । अभिनेत्री प्रियंकाको भने ‘ह्यापी डेज’मै अभिनय रहेको छ । प्रिमिएरमा प्रदीप र प्रियंका आकर्षणको केन्द्र बने ।  

१२ माघबाट सार्वजनिक प्रदर्शनमा आउँने तयारी रहेको यो चलचित्र चाम्स इन्टरनटेनमेन्ट र लन्डन सिनेआईको ब्यानरमा निर्माण भएको शो ।

दयाहाङ राई, संजय गुप्ता, प्रियंका कार्की, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स, जेन बकल लगायतका कलाकारको अभिनय रहेको छ ।

रोमान्टिक जनरामा बनेको चलचित्रको छायाँकन भने रामकुमार के.सीले गरेका हुन् । पैसा कमाउन बेलायत पुगेका एक नेपाली युवकले बैधानिक बसोबासका लागि गर्ने संघर्ष चलचित्रले देखाउन खोजेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप