बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसलाई बहुमत कहिल्यै पँचेन : हिराचन्द्र केसी

मङ्गलबार, २८ कात्तिक २०७४, २१ : ०१
मङ्गलबार, २८ कात्तिक २०७४

तुलसीपुर – वाम गठवन्धनकातर्फबाट दा∙ क्षेत्र नम्वर ३ प्रतिनिधिसभाका उम्मेदवार हिराचन्द्र केसीले नेपाली काँग्रेसले ३ पटक वहुमत ल्याएर पनि केही गर्न नसकेकाले फेरि वहुमतको अपेक्षा गर्नु निरर्थक भएको वताएका छन् ।

 

‘काँग्रेसले २०१६ मा वहुमत ल्यायो, प्रजातन्त्र राजालाई वुझायो, ४८ मा ल्यायो तीन वर्ष पनि टिकेन , ५६ पनि ल्यायो अनि त्यो पनि राजालाई वुझायो’ केसीले भने । उनले जनताले समृद्धि खोजेको र त्यसलाई वाम गठवन्धनले मात्रै पुरा गर्न सक्ने वताए । 


सुकुम्वासीका समस्यालाई गम्भिरतापुर्वक लिएको वताउँदै कोही पनि ऐलानी जग्गामा वस्न नपरोस् भन्नका लागि आफुले पहल गर्ने वताए ।  तुलसीपुर उपमहानगरपालिका ७ शिवनगरमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै क्षेत्र नम्वर ३ क का उम्मेदवार जगप्रसाद शर्मा अपारले नेपाली जनताको समृद्धिको सपना पुरा गर्नका लागि आफु कटिवद्ध भएर लाग्ने उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप