मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

बुधबार, २९ कात्तिक २०७४, ०६ : ३२
बुधबार, २९ कात्तिक २०७४

आजको राशिफल
वि.स. २०७४ साल कात्तिक २९ गते। बुधबार। इश्वी सन् २०१७ नोभेम्बर १५ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३८ कछलागा। मार्ग कृष्णपक्ष। तिथि– द्वादशी, १४:०५ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– हस्त, १५:३० बजेउप्रान्त चित्रा। योग– प्रीति, २३:३४ बजेउप्रान्त आयुष्मान्। करण– तैतिल, १४:०५ बजेदेखि गर, २६:०७ बजेउप्रान्त वणिज। आनन्दादिमा आनन्द योग। 

चन्द्रराशि– कन्या, २७:५१ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ६:२६ बजे, सूर्यास्त– १७:१० बजे र दिनमान २६ घडी ५० पला। प्रदोष व्रत।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) वादबिवाद तथा प्रतिश्पर्धामा  जित निश्चित छ । मुद्दा मामिलामा तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुँनेछ । ब्यापार ब्याबसाय फस्टाएर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् मजभुत भएर जानेछ । कुरा काट्नेहरु प्रशंसा गर्दै हिड्नेछन् । पुरानो रोग निको भएर जानेछ । बिद्यामा सफलता प्राप्त हुँनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक हुँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)स्वास्थ्य सम्बन्धि समस्या आईपर्ने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या देखा पर्नेछ । पढाई लेखाईमा मेहनेत गरे अनुशार नतिजा नआउँने हुँनाले मन चिन्तित हुँनेछ । व्यावसाय खस्केर जाने हुँनाले तत्काल नाँफा नहुँने योग रहेकोछ । मानव निर्मित स्रोत साधनको प्रयोग गर्दा साबधानि अपनाउँनु होला नराम्रो घट्ना हुँन सक्छ । माया प्रेममा एक अर्का बित नचाहादा नचाहादै छुट्टिनु पर्दा नरमाईलो महशुष हुँनेछ । घर परिवारमा एक अर्काबिच अबिश्वास सिर्जना हुँने ग्रहयोग रहेकोछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) समाजसेवामा समय व्यातित हुँनेछ भने आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे आम्दानि हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ ।  माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मुद्दा मामिला तथा अदालतबाट हुँने फैसला तपाईकै पक्षमा आउँनेछन् भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । छोटो दुरिको व्यावसायिक यात्राको तय हुँनेछ भने यात्राबाट भनेजस्तो उपलब्धि हासिल हुँनेछ । बिद्यार्थि बर्गहरुले पढाईमा मेहनेत गरि राम्रो नतिजा ल्याउँन सक्नेछन् । पारिवारिक माहोलमा दिन बित्ने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । भाग्यले साथ दिने हुँदा कामहरु समयमा बन्नेछन् । 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) परिवारका साथ रहेर मिठो मसिनो खाने अवसर प्राप्त भएपनि खानपिनको तालमेल नमिल्दा स्वास्थ्य गडबड हुँनेछ । पढाई लेखाईमा मन नजादा अन्य प्रतिष्पर्धिहरु भन्दा पछि परिनेछ । व्यापारमा लगानि गर्ने उपयुक्त समय नरहेकोले तत्काल कुनै व्यावसाय थालनि नगर्नुनै राम्रो रहकोछ । माया प्रेममा रमाउँन चाहनेहरु आज भरसक नभेट्दा नै राम्रो रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयमा कामहरु सम्पन्न हुँने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । व्यापार व्यावसायमा प्रसस्त नाँफा कमाउँन सकिनेछ भने लगानि गर्ने बाताबरण बनाउँन सकिनेछ । तपाईको लुवाई ख्वाई देखेर सबैजना मोहित हुँनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । सामाजिक काम गरि समाजमा सम्मानित हुँने योग रहेकोछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाई लेखाईमा समय दिएपनि अपेक्षित नतिजा ल्याउँन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनु पर्ने हुँनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सरकारि तथा पैत्रिक धन सम्पति हात लागि हुँने सम्भावना रहेको छ भने व्यापार व्यावसायमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार हुँने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुँने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुँने हँनाले दैनिकी सहज मार्गमा अगाडि बढ्नेछ । सवारि साधन तथा अन्य सम्पतिहरु लाभ हुँने योग रहेकोछ । 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउँने समय रहेकोछ भने व्यापारमा समय लगानि गर्नेहरुले मनग्गे धन कमाउँन सक्नेछन् । बवा तथा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ भने आफन्त तथा सहयोगिहरुले तपाईकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाई लेखाईमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुँन सक्छ  । सामाजिक कामको सिलसिलामा व्यास्त हुँने समय रहेको भएपनि प्रतिफल शुन्य जस्तै हुँनेछ । राजनिति तथा समाजसेवामा गरिएको लगानि बालुवामा पानि जस्तै हुँनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्ने भएपनि आफ्नै साथिहरुबाट आलोचना खप्नु पर्नेछ  ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारि साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पति पत्निका साथ रमाईलो व्यावसायिक यात्रा गर्ने अवसर प्राप्त हुँनेछ । सवारि साधन तथा भौतिक सम्पति जोड्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा अगाडि तपाईको नाम आउँदा मन प्रशन्न रहनेछ । माया प्रमको गाठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसियालि छाउनेछ । आफन्तका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ  । आम्दानि बढ्ने हुँनाले बिलाशि जीवन यापन गर्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप