बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावका लागि तनहुँमा एक्काइस सय कर्मचारी

बुधबार, २९ कात्तिक २०७४, ०९ : ४१
बुधबार, २९ कात्तिक २०७४

दमौली - यही मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा तनहुँमा दुई हजार १०० कर्मचारी खटिने भएका छन् । 

निजामती कर्मचारी, संस्थान र समितिका कर्मचारीका साथै सामुदायिक विद्यालयका शिक्षक गरी ती कर्मचारी चुनावमा खटिने जिल्ला निर्वाचनको कार्यालय तनहुँले जनाएको छ । 

चुनावका लागि आवश्यक कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइ सकिएको जिल्ला निर्वाचन अधिकृत बाबुराम घिमिरेले बताउनुभयो । अधिकृतले केन्द्रमा गएर समेत कर्मचारी नियुक्त गर्नसक्ने व्यवस्था रहेको छ । 

तनहुँमा १३६ स्थानमा २६५ वटा मतदान केन्द्र रहेका छन् । सोही मतदान केन्द्रबाट दुई लाख ११ हजार ३९६ जना मतदाताले मतदान गर्ने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप