बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सरकारी छापलाई नक्कली बनाउने बंगलादेशी पक्राउ

बुधबार, २९ कात्तिक २०७४, ०९ : ४२
बुधबार, २९ कात्तिक २०७४

काठमाडौँ - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपालको सरकारी छाप तथा विभिन्न देशका भिषासमेत नक्कली बनाउने कार्यमा संलग्न बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । 

ब्यूरोबाट खटिएको टोलीले उक्त कार्यमा संलग्न भएको आरोपमा डेभिड लुइस सान्तनालाई कात्तिक २४ गते कामनपा–२६ मित्रनगरबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो । 

प्रहरीले सान्तनासँग मुहमद मसुद राना नामको बंगाली राहदानी, डेभिड लुइस सान्तना नामको रिपब्लिक अफ ट्रिनिडाड एण्ड टोबागोको राहदानी, नेपाल अध्यागमन कार्यालय अराइभल÷डिपार्चरको रवर स्टाम्प, बंगलादेशी राजदूतावास, काठमाडौँको रबर स्टाम्पलगायतका सामग्रीसहित बरामद गरेको छ । 

सान्तनालाई काठमाडौँ जिल्ला अदालतबाट सरकारी छाप दस्तखत तथा कीर्ते अपराध मुद्दामा म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप