स्थिर सरकार बनाउन नै वाम गठबन्धनः पूर्वमन्त्री अधिकारी
पोखरा - नेकपा एमालेका नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले मुलुकमा स्थिर सरकार बनाउन नै वाम गठबन्धन भएको बताएका छन् ।
प्रतिनिधिसभा कास्की क्षेत्र नं १ को पोखरा–लेखनाथ महानगरपालिका–१३ गौडाको मुखमा निर्वाचन प्रचारप्रसार कार्यालयको मंगलबार उद्घाटन गर्दै उनले स्थिर सरकारले मात्रै देशमा विकास गर्नसक्ने भएकाले वाम गठबन्धनका सबै उम्मेदवारलाई जिताउन आग्रह गरे ।
प्रदेश नं १ ९ख० का उम्मेदवार मनबहादुर गुरुङले प्रदेशलाई आर्थिकरुपमा समृद्ध बनाउन आफूले अहोरात्र काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचन परिचालन कमिटिका संयोजक वेदबहादुर गुरुङको अध्यक्षतामा सो कार्यक्रम भएको थियो ।
यसैबीच, एमाले निर्वाचन आयोगका अध्यक्ष तथा पार्टीका समानुपातिकतर्पmका उम्मेदवार सोमनाथ अधिकारी ‘प्यासी’ले कास्की क्षेत्र नं २३ को चुनाव प्रसारप्रचार समिति कार्यालयको उद्घाटन गर्दै लामो समयको अथक प्रयासपछि नेपालमा रहेका ठूला वामपन्थीबीच गठबन्धन भएको विचार व्यक्त गरे ।
सो अवसरमा प्रतिनिधिसभा क्षेत्र नं ३ का उम्मेदवार जगत विश्वकर्मा, प्रदेश नं ३ खका उम्मेदवार राजीव पहारी र पूर्व सांसद सीता गिरी ओलीलगायतका वक्ताले वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री श्रेष्ठले त्रिविका उपकुलपतिलाई दिइन् धन्यवाद
-
सुन तस्कर र कर्मचारीबिच कनेक्सनको गहिराइबारे अध्ययन गर्दै सहसचिव नेतृत्वको समिति
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै एनआरटी क्वाटरफाइनलमा
-
नेपालमा धर्म परिवर्तन डरलाग्दो समस्या भयो : कमल थापा
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए