शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनसम्पर्क समिति अमेरिकाका सभापति विष्ट कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य

बुधबार, २९ कात्तिक २०७४, १० : ४९
बुधबार, २९ कात्तिक २०७४

अमेरिका– नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सभापति आनन्द विष्ट नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले विष्टलाई कार्तिक २८ गते आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
जनसम्पर्क समितिको तर्फबाट कांग्रेस केन्द्रीय समितिमा मनोनित हुने विष्ट भारत बाहेकका देशबाट पहिलो नेता हुन् । गत सेप्टेम्वरमा राष्ट्र संघ महासभामा भाग लिन आएका प्रधानमन्त्री देउवाले जनसम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा जनसम्पर्क समितिको तर्फबाट कांग्रेस केन्द्रीय समितिमा प्रतिनिधित्व गराउने घोषणा गरेका थिए । सोही अनुसार सभापति देउवाले विष्टलाई नेपाल बोलाई पार्टी गतिविधिमा क्रियाशील हुन र आसन्न निर्वाचनमा सक्रियतापूर्वक लाग्न निर्देशन दिएपछि विष्ट अहिले नेपालमा कांग्रेसका उम्मेदवारहरुलाई सहयोग गर्न विभिन्न जिल्लामा पुगी रहेका छन् ।
विगत दुई दशकदेखि अमेरिकामा बसेर नेपालको लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न अनवरत क्रियाशील रहेका विष्ट अमेरिकामा कांग्रेसको संगठनलाई विस्तार गर्ने संस्थापक नेतृत्वकर्ताको रुपमा चिनिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप