बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वाम गठबन्धनले हराउन सक्दैन : नेता साउद

बुधबार, २९ कात्तिक २०७४, १० : ४६
बुधबार, २९ कात्तिक २०७४

कञ्चनपुर - नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार नारायणप्रकाश साउदले वाम गठबन्धनले जति प्रयत्न गरेपनि निर्वाचनमा हराउन नसक्ने बताउनुभएको छ । 

मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिका–९ मा आयोजित चुनावी प्रचारप्रसारका क्रममा बोल्दै उहाँले निर्वाचनमा नेपाली काँगे्रस निकटका र लोकततान्त्रिक गठबन्धनका उम्मेदवारको विजय निश्चित भएको बताउनुभयो । 

लोकतान्त्रिक गठबन्धनका पक्षमा जनलहर रहेको उहाँले बताउनुभयो । मन्त्री हुँदा र नहुँदा पनि कञ्चनपुरको विकासका लागि सक्दो प्रयत्न गरेको र अझै यसलाई निरन्तरता दिन लागिपर्ने उहाँले बताउनुभयो । 

शुक्लाफाँटा नगरपालिकाको मणिकाधामदेखि भीमदत्तनगरपालिकाको ब्रह्मदेवसम्म धार्मिक पदमार्ग निर्माणका लागि कार्य अगाडि बढाइएको उहाँले बताउनुभयो । 

आन्तरिक र बाह्य पर्यटक भित्र्याउनका लागि यस पदमार्गले निकै मद्दत पु¥याउने उहाँको भनाइ रहेको थियो । 

लोकतान्त्रिक गठबन्धनका नेता विनोद विष्टले वैकल्पिक लोकतान्त्रिक शक्तिका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी रहेको चर्चा गर्दै यसै कारणले नेपाली काँग्रेसलाई साथ दिएको बताउनुभयो । उहाँले नेपाली काँग्रेसले आन्तरिक कलह मिलाउन सके चुनावमा सहज जित हात पर्नसक्ने बताउनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप