शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यौन दुदुर्व्यवहार गरेको आरोपमा सिराहाका एक शिक्षक पक्राउ

बुधबार, २९ कात्तिक २०७४, ११ : १०
बुधबार, २९ कात्तिक २०७४

सिरहा–जनता माध्यामिक विद्यालय गोलबजारका एक शिक्षक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका छन् । विद्यालयका प्रा.वि. शिक्षक हरिनारायण महतोले ६ कक्षामा अध्ययनरत एक छात्रालाई यौन दुव्र्यबहार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सिरहाको निर्देशनमा ईलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरेको हो । 
पक्राउ परेका शिक्षक महतोलाई जबरजस्ती करणी उद्योग अन्तर्गतको मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक तथा सुचना अधिकृत राजन भेटवलले  बताए ।
पीडित छात्राले परिवारलाई शिक्षक महतोले आफूलाई यौन दुरब्र्यबहार गरेको सुनाएपछि अभिभावकले सोमबार विद्यालयमा उजुरी दिएका थिए । अभिभावकको उजुरीपछि मंगलबार स्थानिय बुद्धिजिवी, जनप्रतिनिधी, विद्यालयका प्र.अ. व्रम्हदेव प्रसाद सिंह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवु महतो सहितको उपस्थितिमा घटनालाई मिलाउन प्रयास गरेपनि असफल भएको छ । 
घटना सार्वजनिक भएपछि आक्रोशित स्थानीय युवा तथा विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण अर्धवार्षिक परीक्षा समेत स्थगित भएको छ । 
पीडक शिक्षकलाई कार्वाहीको माग गर्दै पुर्ब पश्चिम लोकमार्ग अन्तर्गत चोहर्वा सडकखण्डमा एकघण्टा चक्काजाम समेत गरिएको थियो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप