शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेविसंघ महामन्त्रीमा त्रिपाठी मनोनीत

बुधबार, २९ कात्तिक २०७४, ११ : ०६
बुधबार, २९ कात्तिक २०७४

काठमाठौँ - नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघको महामन्त्रीमा आनन्दराज त्रिपाठी मनोनीत हुनुभएको छ । 

नेवि संघको विधानबमोजिम त्रिपाठीलाई मंगलबार महामन्त्रीमा मनोनीत गरिएको नेवि संघका अध्यक्ष नैनसिंह महरले जानकारी दिनुभयो । नेवि संघको विधानमा दुई महामन्त्री निर्वाचित हुने र एक मनोनीत हुने प्रावधान छ । 

युवा नेता त्रिपाठीले यसअघि नेवि संघको केन्द्रीय सदस्य र विश्व भाषा क्याम्पस तथा नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनमा सचिव पदको जिम्मेवारी सम्हाली सक्नुभएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप