लिम्बु सुन्दरीले देखाए ट्यालेन्ट
काठमाडौं – ‘सिंगापुर इन्टरप्राइजेज् मिस लिम्बू–२०१७’का प्रतियोगीले आफ्नो कला प्रस्तुत गरेका छन् । सो क्रममा उनीहरुले नृत्य, अभिनय, चित्रकला लगायतका प्रस्तुत गरेका थिए ।
याक्थुङ युथ एशोसिएसनद्वारा आयोजित ‘मिस लिम्बू’को यो पाँचौ संस्करण हो । प्रतियोगितामा नुमा कुरुम्बाङ, अविशा फुदोङ, रक्षा ओख्राबु, मेनुका साउदेन, सुस्मिता पालुङ्वा, सनम पयाँगगू, पुष्पा इम्सङ, मधु खेवा, वर्षा थेबे, सवनम साँवा, रमुना थेबे, सरिता पन्धाक, रितु वनेम र सन्ध्या तुम्बाहाङ्फे सहभागी छन् ।
राजधानीको हात्तिसारस्थित नर्भिक विजनेश कलेजको सभाकक्षमा आयोजित ‘ट्यालेन्ट राउण्ड’का लागि लिम्बू भाषाविद् तथा कलाकार यासेली योङहाङ, अभिनेत्री तथा मोडल विपना थापा, पत्रकार गोपाल दाहाल, गायक रुकमान लिम्बू, तारामान रावल र ब्युटिसियन ज्योती थोप्रा निर्णायक थिए ।
‘मिस लिम्बू’को यस संस्करणमा ललितपुरको मिलनचोकस्थित तेह्रथुमे ढाका बुटिकले अफिसियल ड्रेसको स्पोन्सर गरेको छ ।
प्रतियोगीलाई कोरियोग्राफर कला सुब्बाले क्याटवाकलगायत आत्मविकाससम्बन्धी प्रशिक्षण दिइरहेकी छन् । प्रतियोगिताको अन्तिम फाइनल आउँदो ४ मंसिरमा राजधानीमा हुने कार्यक्रम संयोजक याङ्जोम शेर्पाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगर : ४ वडाका ९२२ जना महिलाको क्यान्सर परीक्षण सम्पन्न
-
प्रिमियर लिग : शेफिल्डलाई हराउँदै म्यानचेस्टर युनाइटेड विजयी
-
कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने
-
असीऔँ जन्मदिनमा नोन्जोम कामीले पाइन् नागरिकता
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित