शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबार निशाको फेरि झ्यानाकुटी !

बुधबार, २९ कात्तिक २०७४, १२ : ४२
बुधबार, २९ कात्तिक २०७४

 काठमाडौं – अभिनेत्री निशा अधिकारीले यो बर्ष दुई झयानाकुटी गर्ने भएकी छन् । केही महिना पहिले उनले क्रिकेटर शरद भेषवाकरसँग आफ्नो रियल झ्यानाकुटी गरेकी थिइन् । भने, अहिले उनी रिल झ्यानाकुटी को दौडधुपमा छिन् ।

निशाको निर्माण अनि अभिनेता सौगात मल्ल र बेनिषा हमाल अभिनित चलचित्र ‘झ्यानाकुटी’ १ मंसिरबाट प्रदर्शनमा आउँदैछ । यसै चलचित्र मार्फत निशाले निर्माणमा हात बढाएकी बढाएकी हुन् । चलचित्रको केही पहिले सेन्सर गरिएको थियो । सेन्सरबाट यसले पिजी सर्टिफिकेट पाएको छ ।

निशालाई चलचित्र निर्माणमा निर्देशक सिमोश सुनुवारले पनि साथ दिएका छन् । श्रीमान् र श्रीमतीको कथालाई देखाइएको यो चलचित्र सौगात, बेनिशा र सुमी को मुख्य भुमिका छ ।

–चलचित्रले दर्शकको समय र पैसा दुबै सदुपयो गर्ने अभिनेत्री निशाले बताइन् । ‘म आफै पनि कलाकार भएकोले केहि हदसम्म दर्शकको टेस्ट थाहा छ , त्यसैले यो चलचित्र बनाएकी हुँ। ’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप