शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हुण्डाइको ‘द नेक्सटजेन भर्ना’

बुधबार, २९ कात्तिक २०७४, १२ : ५५
बुधबार, २९ कात्तिक २०७४

काठमाडौं– नेपालका लागि हुन्डाइको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले सर्वाधिक बहु प्रतिक्षित ५ औ पिढीको ‘द नेक्सटजेन भेर्ना ’गाडी उद्घाटन गरेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिका कार्यकारी निर्देशक अन्जन श्रेष्ठ तथा निराकार श्रेष्ठले संयूक्त रुपमा सो गाडीको उदघाट्न गरेका हुन् ।  विश्वभरि करिब ९० लाख ग्राहक रहेको ‘भेनार्’ एक उत्कृष्ट सेडान हुनुका साथै सर्वाधिक रुचाइएको गाडी मध्येमा पर्दछ  । 

आकर्षक बनौट,अत्याधुनिक विशेषता तथा सुबिधा सम्पन्न भेर्ना ले नेपालमा एक नयाँ अध्याय लेख्ने विश्वास कम्पनीले गरेको छ । भर्ना एक आरामदायी गाडी मात्र नभई उत्कृष्ट बनौट,शानदार प्रदर्शन, अत्याधुनिक प्रविधि, सुरक्षित निर्माणको उत्कृष्ट संगालो रहेको छ । भेर्नाको सुपर बडी स्ट्रक्चर फ्रेमको  निर्माणमा ५० प्रतिशत एडभान्स हाई स्ट्रेन्थ स्टीलको प्रयोग रहेको हुँदा भर्नाको   प्रदर्शनमा थप बल मिलेको बताइएको छ ।  

हुन्डाइका सम्पूर्ण गाडीहरु ३ वर्ष वारेन्टी, ४ वर्ष निःशुल्क सर्भिसिङ्ग र १ आर्थिक वर्षको सवारी कर चुक्ता सहित उपलब्ध छन् । संसारभरी रुचाइएको हुन्डाइ  नेपालमा पनि सर्वाधिक विक्री हुने गाडीहरुमा अग्रणी हुँदै आएको छ ।  

हुन्डाइका सम्पूर्ण गाडीहरु न्यून संञ्चालन खर्च, बलियो विक्री संञ्जाल, ग्राहक मैत्री सुबिधा, विश्वसनीय विक्री पश्चातको सेवा र अत्याधुनिक सर्भिस सेन्टरको विशेषता र सुविधाहरु सहित उपलब्ध छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप