बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बस भाडा नै नउब्रिएछि किन जाने भोट हाल्न

बुधबार, २९ कात्तिक २०७४, १४ : ५९
बुधबार, २९ कात्तिक २०७४

चरिकोट- न्यानो कपडा बोकेर विक्रीका लागि बजार चहार्दै गर्दा कालीकोट जिल्ला तिलागुभा नगरपालिका–१ का ३५ वर्षीय वीरबहादुर बुढा सदरमुकाम चरिकोटमा भेटिनुभयो । 

तपार्इंले बोकेको के होरु भन्दा उहाँले जवाफ दिनुभयो, “यो झिल्के हो ।” त्यसको विक्री मूल्य सोध्दा रू दुई हजार ५०० पर्छ भन्दै गफिन खाज्नुभयोे । उहाँजस्तै कालीकोटबाटै आउँनुभएका उहाँका दाजु नरिलाल बुढा र काकासहित परिवारका चारजना जाडोको समयमा आवश्यक पर्ने सामान बिक्रीका लागि गाउँ र टोलमा घुमिरहेको बुढाले बताउनुभयो । 

दैनिकीबारे सोध्दा उहाँले भन्नुभयो, हामी दोलखा आएको धेरै भयो, पैसा कमाइन्छ कि भनेर हामीले पनि सामान किनेर बेच्न ल्याएका हौँ तर खासै बिक्री भएको छैन । बुढाले जाडोमा प्रयोगमा आउने सामान डुलाउँदा पनि बिक्री हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । 

“हामी सामान्य होटलमा बसेका छाँैं १० दिनको एक हजार रुपैयाँ तिर्छौ ।” बुढालाई व्यापार भए चुनावमा घर गई भोट हाल्ने रहर पनि छ तर सामान थुप्रै मात्रामा बिक्री हुन बाँकी छ , “यो निर्वाचनमा भोट हाल्न जाने की नजाने दोधारमा थियौँ हामी चारैजना,” उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “गाउँ नजाने भइयो।” उहाँलाई जिल्लामा निर्वाचनमा कोको उठेका छन् भन्ने पनि थाहा छ रे । 

बुढा भन्नुहुन्छ्, हाम्रो जिल्ला कालीकोटमा नेपाली काँग्रेसबाट भुपेन्द्रजंग शाही, नेकपा ९माओवादी केन्द्र०बाट उज्ज्वल रावत, नेकपा ९एमाले०बाट कुर्म शाही उम्मेदवार भएका छन् तर कुनै उम्मेदवारले पनि भोट माग्न आएका छैनन् हाम्रो दुःख हामीसँगै छ । भोट हालेर के हुन्छ र रु यो पटक मोटर भाडा नै नहुने भएपछि भोट हाल्न नजाने बुढाको भनाइ छ । 

बुढा निरासिँदै भन्नुहुन्छ, “नेताले विकास गर्दे र हाम्रो जिल्लाको विकास भए हाम्रा छोराछोरी तथा नातीनातिनीलाई राम्रो हुने थियो तर अहिले जिल्लाको विकास भन्दा आफ्नै परिवार र नातागोताको मात्रै विकास गर्छन् नेताले । ” दुर्गम कालीकोटबाट यहाँ हरेक वर्ष ज्याकेट, सिरक, ओछ््याउने, बिछ््याउना, तन्नाजस्ता कपडाका सामग्री बोकेर जुम्ला, कालीकोट लगायतका व्यापारी यहाँ आउँछन् । 

उहाँ जस्तै कालीकोटके अर्का व्यापारी लक्ष्मी अधिकारी भन्नुहुन्छ, “हाम्रो परिवार चुनावले पालिदैन, हामो जीविका पनि छ, नेतालाई भोटको चिन्ता, हामी गरिबलाई नोटको चिन्ता, त्यसैले हामीलाई चुनाव भन्दा हाम्रो परिवार पाल्न सकस छ, हामी सायद भोट हाल्न कालिकोट जाँदैनाँै।” उहाँ भन्नुहुन्छ, “नेता चुनावको समयमा अनेकथरी गरिदिने आश्वासन त दिन्छन् तर निर्वाचन सकिएपछि केही पनि गर्दैनन् त्यसैले किन भोट हाल्न जानु 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप