शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लालबाबुले भने– मलाई नचिन्ने शेखरले के राजनीति गर्छन् ?

बुधबार, २९ कात्तिक २०७४, १६ : ०९
बुधबार, २९ कात्तिक २०७४

मोरङ– नेकपा एमालेका नेता तथा मोरङ् क्षेत्र नम्बर ६ का प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फका वाम गठबन्धनका उम्मेद्धवार लालबाबु पण्डितले आफू चार हजार ५ सय मतले विजयीहुने दाबी गरेका छन् । 
बुधबार भएको कार्यक्रममा नेता पण्डितले यस्तो दाबी गरेका हुन् । उनले भने,‘म मैैदानमा आउनुभन्दा ९ महिना अघि नै भनेको छु कि म चुनाव जित्छु, किनकी कांग्रेसका उम्मेद्धवार शेखर कोइरालाले विराटनगरलाई महानगर हुन नदिन प्रपञ्च रचेको कुरा यहाँका जनतालाई राम्रोसँग थाहा छ, त्यतिमात्रै नभए विराटनगरलाई प्रदेशको राजधानी बनाउन नदिने षड्यन्त्र पनि उहाँले नै गर्नुभएको हो ।’
उनले आफू विराटनगरलाई महानगरपालिका र प्रदेशको राजधानी बनाउनुपर्छ भनेर विगतदेखि नै बोल्दै आएको उल्लेख गर्दै यहीविषयलाई लिएर चुनावीमैदानमाभएको दाबी गरे । उनले मोरङ मनमहोन अधिकारी, मदन भण्डारी, भरतमोहनअधिकारी र लालबाबु पण्डितको कार्यथलो भएको बताउँदै यहाँकुनै कोइरालाको केही चल्ने वाला नभएको समेत जिकिर गरे । उनले थपे,‘म त अहिले जित्नको लागि मैदानमा छु, यो क्षेत्रकाजनताले मलाई रुचाउनुभएको छ, मलाई जिताउनको लागिउहाँहरु आँतुर हुनुहुन्छ ।’
उनले उक्त क्षेत्रमा शेखर कोइरालाको विपक्षमा जनमत रहेको समेत दाबी गरे । ‘पण्डित यहीभुमिमा छ, यो पण्डितले जनताका घर–घरमा राजनीति पुर्याउने गरेको छ, विराटनगरमात्रै होईन, मेरो बारेमा देशकाजनता सबैलाई थाहा छ, म त टुपुक्क विराटनगर आएको होईन नि, म त यही क्षेत्रकाजनताको सेवामानिरन्तर लागिपरिरहेको छु’–उनले भने ।
आफू कहिल्यैपनिमधेशको विरोधीनभएको उनको जिकिर थियो । उनले थपे,‘म त भन्छु मधेशी जनता कहिल्यै पनि देश र जनताका विरोधी थिएनन्, तर पनि मधेशलाई जसले टुक्रा बनाएर अलगबनाउन चाहेका थिए, हो म तीनीहरुको पक्षमा थिईंन, तर म मधेशको समृद्धिको पक्षमा जहिल्यै पनि छु, लालबाबु पण्डितले जहिले जहिले अवसर पाएको छ, देश र जनताको लागि पहिलो नम्बरमा काम गरेको छ ।’
मोरङमा शेखर कोइरालाले विकास गरे कि गरेननभन्ने कुरा जनताले राम्रोसँग बुझेको पण्डितले बताए । उनले थपे,‘विराटनगरलाई महानगरपालिकाबनाउने कुरामा एक नम्बरको बाधकउहाँ (शेखरजी) हुनुभयो । त्यतिमात्रै होईन, प्रदेशको राजधानीबनाउने कुरामाकहाँबोल्नुभयो त ? उहाँले त लगातार ९ वर्ष जित्नुभयो, कुन ठाउँमा के विकास गर्नुभयो, लौ देखाउनुहोस् त ? बरु अहिले धेरैको ठाउँमा पैसा पुर्याउनुभयो होला, भोट किन्नको लागिनोट पुर्याउने कामगर्दैहुनुहन्छ होला, तर जनताले यो कुरा पनि राम्रोसँग बुझेका छन् ।’
उनले शेखर कोइरालाले आफलाई नचिनेको भनेर एक कार्यक्रममा भाषणा गरेको विषयमा टिप्पणी गर्दै भने,‘लालबाबु पण्डितलाई नचिन्ने, जनताको राजनीति कसरी गर्छन् । सँगै संसदमा काम गर्ने अनि नचिन्ने ?यो त जनतामाथिको अपमान हो, लालबाबुलाई नचिन्नेले कसरी राजनीति गर्ने ?’

एमालेकै अर्का नेता सुवासचन्द्र नेम्वाङले वाम गठबन्धनको बहुमत आउनबाट कसैले रोक्न नसक्ने दाबी गरे ।  विगतमा वामपन्थीले राम्रोसँग सरकार संचालन गर्न नसकेकाले देश विकास हुन नसकेकाले यसपटक जनताले वामपन्थीलाई बहुमत प्रदान गर्ने दाबी गरे ।
लोकतान्त्रिक संविधान अनुसार नै वाम गठबन्धनले सरकार चलाउने स्पष्ट पार्दै नेता नेम्वाङले जनतालाई भ्रममा नपर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप