बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ओली र प्रचण्डको उद्घोषः शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री,  अब बामपन्थी आँधी आउँछ

बुधबार, २९ कात्तिक २०७४, १७ : ००
बुधबार, २९ कात्तिक २०७४

गोरखा–  नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड  नेपाली कांग्रेसविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएका छन् । 
गोरखाको पालुङटारमा  बुधबार आयोजित  वामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै  ओली र प्रचण्डले अब वामपन्थी आँधी आउने र त्यो आँधीले कांग्रेसलाई बढार्ने दाबी गरे । 
 निकै आक्रामक  सम्बोधन गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेस उल्टो बाटोमा हिँडेको आरोप लगाए । ‘कांग्रेस म चुनाव लडेको ठाउँ (चितवन)मा हलो बोकेर हिँडेको छ । यहाँ के–के चिन्ह बोकेको छ’,  गोरखा क्षेत्रनम्बर २ का  उम्मेदवार बाबुराम भट्टराईको चुनाव चिन्ह आँखाको नामै नलिइकन प्रचण्डले भने, ‘  हलो र के–के चिन्ह बोकेर उल्टो बाटो नहिँड्नु  । बरु रुखमै प्रतिस्पर्धा गरौं, हामी त्यसका लागि तयार छौं।’
उनले नयाँ शक्तिका संयोजक तथा क्षेत्र नम्बर २ का उम्मेदवार  भट्टराईसँग गोरखालीसँग भोट माग्ने नैतिक आधार नभएको दाबी गर्दै भने भने, ‘उहाँ अहिले  कुन नैनिकताको आधारमा भोट माग्दै हुनुहुन्छ ? प्रतिक्रियावादीसँग साँठगाठ  गरेर  गोरखालीसँग भोट माग्ने नैतिक आधार कसले दियो ?’
उनले   कम्युनिष्ट आन्दोलनलाई लात हानेर  आफ्नै  निर्णयले पार्टी छाड्ने बाबुरामसँग केहि अपेक्षा गर्न नसकिने समेत टिप्पणी गरे ।   लामो प्रयासपछि वाम एकताको वातावरण बनेको भन्दै प्रचण्डले तत्कालिन एमाले महासचिव मदन भण्डारीसाग समेत सो  विषयमा कुरा भएको तर  छलफलले गति लिनै लाग्दा उनको निधन भएको समेत प्रचण्डले स्मरण गरे। 
यस्तै एमाले अध्यक्ष  ओलीले  मंसिर १० र २१ गते बामपन्थी आँधी आउने भन्दै त्यो तुफानले  कांग्रेसलाई  बढार्ने उद्घोष  गरे ।  उनले भट्टराईलाई लक्षित गर्दै  देश अगाडि बढाउने प्रयाससँग   टकराव गरेर कोहि यसलाई रोक्न खोज्छ भने त्यो बबुरामात्रै हुने टिप्पणी गरे । 
नयाँ शक्तिका नेता कार्यकर्ता जति एमालेमा प्रवेश गरिसकेको दाबी गर्दै ओलीले भने, ‘नयाँ शक्तिका पार्टीका अध्यक्षबाहेक सबैलाई मैले एमालेमा समावेश गरिसकेँ । बाँकी केहि छैन ।’ सोहि कार्यक्रममा   नयाँ शक्तिका  अन्तराष्ट्रिय विभाग प्रमुख इन्द्र भट्टराई वाम गठबन्धनमा प्रवेश गरेका थिए । 
ओलीले  भट्टराईप्रति लक्षित गर्दै अगाडि भने, ‘  बबुरा अध्यक्ष लिएर कांग्रेसले  प्रजातन्त्र जोगाउँछ रे ! कर्कलोलाई बञ्चरो चलाउन जरुरी छैन ।’
उनले अब कम्युनिष्ट सरकार आउँछ भनेर कांग्रेसले ठीक बुझेको भन्दै ओलीले  भने, ‘बुढोरुख ढल्यो । शेरबहादुर देउवा कांग्रेस पार्टीका अन्तिम प्रधानमन्त्री हुन् । त्यो पनि पुस अन्तिम सम्म ।’
 उनले राजतन्त्रविरुद्धको कठीन  परिस्थितिमा संघर्ष गर्ने एमाले भएको दाबी गर्दै  लोकतन्त्रको जोगाउन आफूहरु क्रियाशिल रहेको भन्दै  यो मामलामा चाहिँ कांग्रेस आत्तिन नपर्ने बताए । 
‘ कांग्रेस आत्निु पर्दैन लोकतन्त्र जोगाउने हामी छौं ।   विपी र गणेशमानको बेलाको कांग्रेस सम्झेर अब हुँदैन’, ओलीले भने । 
उनले  अब बृद्धभत्ता ५ हजार पुर्याउने भन्दै   घरघरमा पुगेर बृद्धबृद्धालाई कम्युनिष्ट सरकारले  ५ हजार खनखनी गनेर दिने समेत दाबी  गरे । उनले अगाडि भने, ‘ यो सुनेर कांग्रेस छट्टपटाउलान् तर कार्यकर्ता पर्दैन । ’
उनले क्षेत्र नम्बर २ मा  नारायणकाजी श्रेष्ठ जनताको साझा उम्मेदवार भएको भन्दै  गोरखाको कांग्रेसप्रति  दया लागेर आएको समेत बताए । उनले कांग्रेसप्रति कटाक्ष गर्दै भने, ‘पहिले चुनावमा स्याउला बोक्नु हुन्थ्यो  । अब आफ्नै आँखा निकाल्न भएन  के भनेर प्रचार गर्नुहुन्छ ?’ 
यस्तै प्रचण्डले आजै गोरखाको लखनथापा  गाउपालिकास्थित घैरुङ बतासेमा समेत सम्बोधन गरेका छन् । सो  सम्बोधनमा  पनि प्रचण्डले भट्टराईको तीब्र आलोचना गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप