शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाहिरी चक्रपथ निर्माणमा अघि बढ्यो शहरी विकास मन्त्रालय

बुधबार, २९ कात्तिक २०७४, १७ : २९
बुधबार, २९ कात्तिक २०७४

काठमाडौं– बाहिरी चक्रपथ निर्माणको काम अघि बढ्ने भएको  छ ।  चक्रपथ निर्माणको चर्चा चलेको १० वर्षअछि शहरी विकास मन्त्रालयले ७२ किलोमिटर लामो चक्रपथ निर्माणको प्रक्रिया अघि बढाएको  हो ।   
बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहरी विकास मन्त्री  दिलनाथ  गिरीले  ७२ किलोमिटर बाहिरी चक्रपथमध्ये  ६.६ किलोमिटर दूरीको सतुंगल–चोभारको डिपीआर नीतिगत प्रक्रियामा  गएको जानकारी दिए ।  
बाहिरी चक्रपथ उपत्यकाका तीनै जिल्ला जोड्ने सरकारको महत्वकांक्षी  परियोजना हो ।  यो चक्रपथ निर्माण गर्न  सरकारले चालू आर्थिक वर्षमा १० करोड बजेट निनियोजन गरेको छ । 
मन्त्री गिरीले यो परियोजनालाई आफूले  निकै महत्वका साथ अघि बढाउन लागेको बताउँदै  चक्रपथको सडक ५० मिटरको हुने  जानकारी दिए ।  उनका अनुसार राजमार्ग जस्तै केन्द्रबाट दुवैतिर २५–२५ मिटर जग्गा लिएर चक्रपथ बनाइने छ । 
यस्तै मन्त्रायलले विराटनगर–इटहरी–धरान, बुटवल–भैरहवा, कपिलबस्तु–लुम्बीनी, पोखरा–दमौली– वीरगञ्ज–सीमरा–पथलैया, हेटौडा–भरतपुर–बर्दघाट, नेपालगञ्ज–कोहलपुर तथा धनगढी गोदावरी जस्ता स्थानमा मेगासिटी  निर्माणका लागि अध्ययन सुरु गरेको पनि  मन्त्री गिरीले जानकारी दिए । 
यस्तै नीजगढ, पालुङटार, लुम्बीनी, धनकुटा, मिर्चैया, चन्द्रपुर काभ्रे उपत्यका, भरतपुर वालिङ, तुलसीपुर जस्ता स्थानमा स्मार्ट सिटी कार्यक्रम अघि बढाइन लागिएको छ । 
यसैगरी  ९० वटा नगरपालिकामा शहरी योजना निर्माण गर्ने, शहरी क्षेत्र पुनरुत्थान  कार्यक्रम, पुराना बस्ती पुनरुत्थान जस्ता कार्यक्रम पनि मन्त्रालयले अघि सारेको छ । 
यस्तै हाल १८ जिल्लामा एक शहर एक पहिचान पूर्वाधार विकास कार्यक्रम, तराईका १८ नगरपालिकामा पूर्वाधार विकास कार्यक्रम पनि सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ । 
देशका विभिन्न स्थानमा २५ ओटा आधुनिक शहर बनाउने  प्रक्रिया पनि मन्त्रालयले अघि बढाएको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप