बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विद्युत महसुल तिर्न प्राधिकरणनै जानुपर्दैन अब, आइएमइपे मार्फत भुक्तानी गर्न सकिने

बुधबार, २९ कात्तिक २०७४, १७ : ३८
बुधबार, २९ कात्तिक २०७४

काठमाडौं– नेपाल बिद्युत प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा सुरु गरेको छ  । बिद्युत महसुल वापतको रकम अवदेखि आर्ईएमईपे बाट भुक्तानगर्न सकिने व्यवस्था मिलाएको छ । देश विदेशमा रहनुहुने सबैले नेपालीले यो सेवा मार्फत भुक्तानगर्न सक्ने छ ।

नेपाल बिद्युत प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा सुभारम्भ गरेपछि यस्तो सेवा शुरु गर्न थालिएको हो । यसले आम सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाटमुक्त हुने छन् भने यता सेवाग्राहीहरूको समय पनि बचत गर्नेछ । 

नेपाल बिद्युत प्राधिकरणले अहिले उपत्यका भित्रका सबै शाखाहरुको महसुल संकलन अनलाइन पद्वतीबाट गर्न सुरु प्राधिकरणले जनाएको छ ।

 प्राधिकरणका कर्मचारीहरुले मिटररिडिङ्गगर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमईएजेण्ट आउटलेट मार्फत नेपाल बिद्युत

प्राधिकरणको अनलाइन बिल भुक्तान सेवालिन सकिन्छ । यस्तै  आईएमई पे डाउनलोड गरेका सेवाग्राहीहरूले यस्तो सेवा आफ्नै मोबाइलबाट सजिलै लिन सकिने व्यवस्था पनि रहेको छ । मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल भुक्तानगर्ने व्यवस्था आइएमई पे ले ‘पे पोइन्ट’ को सहकार्यमा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप