शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अग्निमोटोइन्कद्वारा प्राविधिक प्रशिक्षण

बुधबार, २९ कात्तिक २०७४, १७ : ४२
बुधबार, २९ कात्तिक २०७४

काठमाडौं– अग्निमोटोइन्क प्रालिले सर्भिस, सल्लाह तथा प्राविधिक प्रशिक्षण कार्यक्रम गरेको छ । अग्नि ग्रुप अन्तर्गतको अग्निमोटोइन्कले आयोजना गरेको प्रशिक्षणमा नेपालभरका १९ जना प्राविधिकहरु सहभागी भएका थिए ।  
महिन्द्र टु ह्वीलरहरुको विक्रीवितरण गर्दै आएको अग्निमोटो इन्क प्रा.लिले नेपालभरका प्राविधिकहरुलाई २ दिनसम्म प्रशिक्षण संचालन गरेको थियोे । 
प्रशिक्षणमा अडर लिने प्रक्रिया, टुल्सहरुको जानकारी, गोस्टो स्कुटरको इन्जिन सम्बन्धी जानकारी, विभिन्न पार्टहरुको स्टकलाई कसरी व्यवस्थित गर्ने भन्ने बारे, सर्भिसिङ्गगर्ने प्रक्रिया, कुनकुन समयमा कस्ता कस्ता पार्ट फेर्नुपर्दछ भन्नेबारे र रिपोर्ट जेनेरेटको बारेमा पनि प्रशिक्षण दिइएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप