बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सेञ्चुरी बैंकको मल्टी करेन्सी कार्ड सेवा सुरु

बुधबार, २९ कात्तिक २०७४, १७ : ४८
बुधबार, २९ कात्तिक २०७४

काठमाडौं– सेञ्चुरी बैंकले  मल्टी करेन्सी कार्ड सेवा सुरु गरेको छ । सेवाको राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बुधबार शुभारम्भ गरेका हुन् । 

बैंकले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा एक्सिस बैंक इन्डियाको सहकार्यमा नेपालमा नै पहिलो पटक मल्टी करेन्सी कार्ड शुरुवात गरेको हो । यसले विदेश जादाँ विश्वका १६ देशमा ती देशहरुको मुद्रा एउटै कार्डमा लोड गरी लैजान सक्नेछन् । यसबाट नगद विदेशी मुद्रा अभाग झेलिरहेका ग्राहकहरुलाई केही राहत मिल्नेछ भने अमेरिकि डलर सटही गरी अन्य मुद्रामा भुक्तानी गर्दा हुने विनिमयको नोक्सानी तथा नगद चोरी जस्ता जोखिमलाई समेत न्यूनिकरण गर्नेछ । 

यसैगरी, बैंकले एक्सीस बैंककै सहकार्यमा इन्डोे नेपाल इजी रेमिटकोे शुरुवात गरेको छ । यो सेवाबाट भारतमा रहेका नेपालीहरुले एक्सिस बैंकका ३,५०० शाखा कार्यालयहरुबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसले बैंकको ग्राहक संख्यामा वृद्धि हुन गई बैंकको शाख अभिवृद्धि हुनेछ । 

साथै, बैंकले मोबाइल बैकिङको नाममा मोबाइल एप्सको शुरुवात गरेको छ । यसबाट ग्राहकहरुले आफ्नो मोबाईलबाट रकम भुक्तानी ट्रान्सफर तथा युटीलीटी बिल  का साथै बैंकमा आवद्ध विभिन्न ख्भलमयच हरुको भुक्तानी गर्न सक्नेछन । 

बैंकले चाँडै नै २ वटा थप वित्तीय संस्थाहरुसँग एकिकृत कारोबारको तयारी गरिरहेको छ भने ४० प्रतिशत हकप्रद जारी गरिसकेकोले अब केही बोनस शेयर जारी गरी रु. ८ अर्वको पुँजी पु¥याउदै छ ।
 

यसैगरी बैंकले आफ्नो १०० भन्दा बढी शाखा सञ्जालबाट फिजिकल रुपमा तथा नविनतम त्भअजलययिनथ मा आधारित नयाँ सेवाहरुबाट डिजिटल रुपमा ग्राहकहरुको घरदैलोमा सरल बैंकिङ्ग सबैका लागि भन्ने मुलमन्त्रका साथ आफ्नो सेवा विस्तार गर्दैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप