शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किन पुगे अमेरिकी विदेशमन्त्री टिलर्सन म्यानमार ?

बुधबार, २९ कात्तिक २०७४, १७ : ४९
बुधबार, २९ कात्तिक २०७४

निपत् (म्यानमार)– अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन् म्यानमार पुग्नुभएको समाचार छ । म्यानमारमा पछिल्लो समयमा जारी राजनीतिक हिंसाका कारण यहाँको ठूलो संख्याका रोहिङ्गा शरणार्थी भागेर बंगलादेश पुगेका छन् । 

म्यानमारको राखिन राज्यका मुस्लिम रोहिङग््या शरणार्थी हाल बंगलादेशको कोक्स बजारमा रहेका छन् । उनीहरु करिब साढे छ लाखको संख्यामा त्यहाँ पुगेका छन् । ती शरणार्थी समस्या समाधानका लागि म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ् सान सुकीलाई दबाब दिन अमेरिकी विदेशमन्त्री टिलर्सन त्यहाँ पुग्नुभएको समाचारमा जनाइएको छ । 

विदेशमन्त्री टिलर्सन बुधबार म्यानमारमा रहनुहुने छ । उहाँले यहाँका राष्ट्रपति, विदेशमन्त्री सुकी र अन्य उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्नुहुने छ । म्यानमारको सेनाले हिजोमात्र एक विज्ञप्ति प्रकाशन गरेर यहाँको सेनाले राखिन राज्यबाट उनीहरुलाई नलखेटेको जनाएको थियो । 

सेनाको यस्तो भनाइ आएको एकदिनपछि अमेरिकी विदेशमन्त्रीको म्यानमार भ्रमण शुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप