शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुचित्राले किन बनाइन् ‘फिक्का’ ?

बुधबार, २९ कात्तिक २०७४, १७ : ५३
बुधबार, २९ कात्तिक २०७४

काठमाडौं — नेपालको पहिलो महिला निर्देशक हुन् सुचित्रा श्रेष्ठ । एक दशक अगाडि ‘प्रेमयुद्ध’ नामक चलचित्र बनाएर उनले यो क्रिर्तिमान राखेकी हुन् । त्यसपछि उनले ‘को हुँ  म’ भन्ने चलचित्र निर्देशन गरेकी थिइन् । यि दुबै चलचित्र ब्यवसाहिक असफल चलचित्र हुन् ।

निर्देशन गरेको चलचित्र सफल भएपनि लगातार यसै क्षेत्रमा क्रियासिल उनी अहिले चलचित्र निर्देशक समाजकी अध्यक्ष पनि हुन् । केही पहिले उक भब्य कार्यक्रम सहित हिन्दी चलचित्रको घोषणा गरेकी सुचित्रा निर्माता पनि हुन् । यो कुरो धेरैलाई थाहा नहोला ।

उनले चलचित्र किन निर्माण गरिन् । यो बिषय पछि खोजतलास गरौला । अहिले भने उनले निर्माण गरेको चलचित्र ‘फिक्का’ को चर्चा तिर लागौ ।
ग्रामिण भेगमा व्याप्त गरिवीको विषयवस्तुमा आधारित रहेर चलचित्र ‘फिक्का’ निर्माण भएको हो । १५ मंसिरबाट प्रदर्शनमा आउने बताइएको चलचित्रले पारिवारिक प्रेमकथालाई समेत चित्रण गरेको छ । 

जनक खड्काद्वारा निर्देशित यो चलचित्रका प्रस्तुतकर्ता अजय सुनार हुन् । उनी जापानमा बसोबास गर्छन् । खड्काले यसअघि ‘२१ वर्ष’ चलचित्र  निर्देशन गरेका थिए । जुन चलचित्र भवनमा २१ घन्टा पनि टिक्न सकेन ।

केही पहिले जापानमा प्रदर्शन भैसकेको चलचित्र ‘फिक्का’ मा अजय सुनार, दुर्गाराज पाण्डे, शर्मिला नेपाल, राधिका घिमिरे, ईश्वरी बराल, मुस्कान काप्री आदि कलाकारले अभिनय रहेको छ । 

रीता खाती सुनारको लेखन, एनबी अञ्जानको कला निर्देशन रहेको यो चलचित्रमा राजु श्रेष्ठको सम्पादन छ । चलचित्रलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप