शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको प्रश्न : अझै के देखेर कांग्रेसमा बस्नुभएको ?

बुधबार, २९ कात्तिक २०७४, १८ : ०२
बुधबार, २९ कात्तिक २०७४

लमजुङ–एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुमतसहितको कम्युनिष्ट सरकार बन्ने देखेर अधिनायकवादका पक्षपोषकहरु अत्तालिएको बताएका छन् । बुधबार लमजुङ सदरमुकाम बेसीशहरमा बाम गठबन्धनको आमसभालाई सम्बोधन गर्दे पुर्व प्रधानमन्त्री समेत रहेका उनले एउटै कम्युनिष्ट पार्टीको निमार्ण गरि देशमा स्थिर सरकार र स्थायित्वका लागि पार्टी एकिकरणको तयारी भएको बताए । 

दुई पार्टी मिल्ने भएपछि कांग्रसका नेताहरु कम्युनिष्ट सरकार बन्ने भयो भन्दै आतिएको ओलीको टिप्पणी थियो । ‘पुसमा कम्युनिष्ट बहुमतको सरकार बन्छ र तानाशाही शासन अन्त्य हुन्छ यो देखेर उनिहरु डराएका हुन् ।’

सम्बोधनका क्रममा ओलीले भने–आफुले ल्याएको अबधारणा अनुरुप काम भएको भए अहिले मूलुकको मुहार फेरीने थियो भन्दै त्यो अबधारणा कार्यन्वयनका लागि दुई कम्युनिष्ट पार्टी एकीकरण गर्न लागिएको हो ।’ अबको पाँच वर्षमा देशको मुहार फेरिनेमा आफू ढुक्क भएको र त्यस्का लागि मतदाताहरुलाई पनि एकजुट भएर बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन ओलीले आग्ह गरे ।

देशैभर बाम गठबन्धनमा प्रवेश गर्नेको लहर चलेको भन्दै ओलीले अरु जिल्लाको तुलनामा लमजुङमा त्यो संख्या कम भएको बताए । भने, ‘नेपाली कांगे्रसले के गर्ने आशा राखेर पुरानो पार्टीमा बस्नुभएको छ ?’ मतदातालाई ओलीको प्रश्न थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप