बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अनल गौतमको ‘लभ एट पच्चिस’को लोर्कापण, ५० हजार अग्रिम रोयल्टी धुर्मुस सुन्तली फाउण्डेशनलाई

बुधबार, २९ कात्तिक २०७४, १८ : २७
बुधबार, २९ कात्तिक २०७४

काठमाडौं – नेपाली साहित्यमा लामो समयदेखि कलम चलाइरहेका अनल गौतमको उपन्यास ‘लभ एट पच्चिस’ बुधबार राजधानीमा एक कार्यक्रम आयोगजना गरी लोर्कापण गरिएको छ ।

उपन्यास नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति बिष्णुबिभु घिमिरे, प्रा.डा.कृष्ण दाहाल, कलाकार एवं समाजसेवी सिताराम कट्टेलले संयुक्त रुपमा लोर्कापण गरेका थिए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति बिष्णुबिभु घिमिरेले उपन्यास अत्यन्त सरल एवं उत्कृष्ठ रहेको र पाठकको मन सजिलै तान्न सफल हुनेमा बिश्वास ब्यक्त गरे ।

जयकाली प्रकाशन प्रा.लि.ले प्रकाशन गरेको उपन्यासको अग्रिम रोयल्टी रकम पचास हजार रुपैंया लेखक अनल गौतमले धुर्मुस सुन्तली फाउण्डेशनको लागि संस्थापक सिताराम कट्टेललाई हस्तान्तरण समेत गरियो ।
जयकाली प्रकाशनका अध्यक्ष एकराज सापकोटाले आफूले लेखकलाई उपलब्ध गराएको अग्रिम रोयल्टी धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेकोमा खुशी ब्यक्त गरे ।
शुक्रबारदेखि ‘यात्रा–लभ एट पच्चिस’ कार्यक्रम लिएर राजधानीका २५ वटा कलेजमा गएर बिद्यार्थीहरुसँग अन्र्तक्रिया कार्यक्रम गर्ने संयोजक आदर्श प्रधानले बताए । यस उपन्यासको बजार मूल्य ३५० रुपैंया राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप