शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तनहुँमा विप्लवका विद्यार्थी नेता पक्राउ

बुधबार, २९ कात्तिक २०७४, १९ : ४४
बुधबार, २९ कात्तिक २०७४

किरण श्रेष्ठ 
 तनहुँ – तनहुँ प्रहरीले निर्वाचन विरोधी गतिविधिमा संलग्नताको आशंकामा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष डम्बरबहादुर विकलाई पक्राउ गरेको छ । 

व्यास २ मालपोत लाइनस्थित आफ्नो पसलमै रहेका बेला विकलाई पक्रिएको प्रहरीले जानकारी दिएको छ । 
पछिल्लो समय प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताका गतिविधिमाथि निगरानी बढाएको छ । ्


चुनाव विरोधी गतिविधि गर्नेहरुलाई सार्वजनिक अपराधको मुद्दा चलाउन गृह मन्त्रालयले सर्कुलर जारी गरेपछि तनहुँ प्रहरीले विप्लव माओवादीका नेता–कार्यकर्ताहरु माथि निगरानी बढाएको छ । जिल्लाका संवेदनशील स्थलहरु र शहरी क्षेत्रका चोक९चोकमा प्रहरीको उपस्थिति बढाइएको छ ।

निर्वाचनमा दुई हजार १०० कर्मचारी :

    आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा तनहुँमा दुई हजार सय कर्मचारी खटिने भएका छन् । निजामती कर्मचारी, संस्थान र समितिका कर्मचारीका साथै सामुदायिक विद्यालयका शिक्षक गरी ती कर्मचारी चुनावमा खटिने जिल्ला निर्वाचनको कार्यालय तनहुँले जनाएको छ । 

  चुनावका लागि आवश्यक कर्मचारीको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाइ सकिएको जिल्ला निर्वाचन अधिकृत बाबुराम घिमिरेले बताए । अधिकृतले केन्द्रमा गएर समेत कर्मचारी नियुक्त गर्नसक्ने व्यवस्था रहेको छ । तनहुँमा १ सय ३६ स्थानमा २ सय ६५ वटा मतदान केन्द्र रहेका छन् । सोही मतदान केन्द्रबाट दुई लाख ११ हजार ३ सय ९६ जना मतदाताले मतदान गर्ने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप