शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखा पुगेर डा.उपेन्द्रले बाबुरामप्रति लक्षित गर्दै भने, ‘सहपाठीले जस्तो हामी सर्टिफिकेट बेच्दैनौं’

बुधबार, २९ कात्तिक २०७४, २० : ०५
बुधबार, २९ कात्तिक २०७४

राजेन्द्र न्यौपाने

गोरखा – गोरखा पालुङटारमा आयोजित सभामा बोल्दै डा. उपेन्द्र देवकोटाले गोरखाका कुनै अरु डाक्टरले जसरी आफूहरुले पिएचडीको सर्टिफिकेट विक्री नगरेको बताए ।  ‘गोरखामा धेरै डाक्टरहरु जन्मनु भएको छ । पोष्ट ग्राजुयट गरेका विद्यार्थीहरुलाई मैले पढाउँछु, मेरो भाई पिएचडी पछिको कोर्ष अध्ययन गरेर देशमा बसेर काम गरिरहेको छ,तर  हामीले प्रचार गरेका छैनौं’ उनले भने,  ‘मैले धेरैको मष्तिस्क चिरफार गरेँ । मानिसहरु देखेपछि उनीहरुको अवस्थाबारे जानकारी हुन्छ । अव देशमा बामगठबन्धनको विकल्प नभएकोले आफु यहि बाटोमा अगाडि लागेको हुँ ।’  आफ्ना कान्छा भाई बाबुरामभन्दा धेरै पढेको  समेत उनले बताए । 

उनले राजनीतिशास्त्रमा नेताहरुलाई चार सिद्धान्तले स्थापित गरेको बताए । पहिलो सिद्धान्तको आधारशिला हो, दोश्रो नैतिकताको सिद्धान्त, तेश्रो मार्गचित्र र चौंथो सबैसँग समझदारी जुटाउन सक्ने हुनुपर्दछ’ उनले भने । तर बाबुराममा कुनै पनि गुण नभएकोले आम गोरखाबासी झुक्किएर पनि बाबुरामलाई भोट नदिन यो डाक्टर आग्रह गर्दछ, उनले भने ।

 ‘म विरामी जाँचेर गोजीमा पैसा हाल्ने बेला किन यो बाम गठनबन्धनको निर्वाचन प्रचारमा हिँडेको छ ? जसरी विरामीहरुलाई मैले उपचार गरेर ठीक पार्छु त्यसरी नै नेपालको राजनीतिलाई पनि ठीक पार्न लागि परेको हुँु,’ उनले भने, ‘२०२२ सालदेखि विद्यार्थी संगठन सुरु गर्ने गोरखाको पहिलो विद्यार्थी भएको नाताले बाम गठबन्धनलाई सहयोग गर्न म गोरखा आएको हुँ । हिजो चिलाउने र कटुसका रुखमुनि बसेर विद्यार्थी संगठन बनाएर लागि परेको डा.देवकोटाले बताए । गोरखामा कम्युनिष्ट आन्दोलनलाई उचाई दिन प्रचण्ड, बाचस्पति, सुरेश वाग्ले, जगत श्रेष्ठ, परशुराम श्रेष्ठ, ओजराज भट्टराई लगायतका नेताहरुको उच्च योगदान रहेको समेत उनले बताए । 

बाम गठबन्धनदेखि आत्तिएर शेरबहादुर जीले घसेटा र चेस्का बटुलेर अर्को गठबन्धन बनाएको देवकोटाको भनाई छ । त्यहि गठनबन्धनको घटक पालुङटारमा आएकोले उनलाई भोट दिनुको अर्थ  नभएको बताउँदै भविष्य नभएको बाटोमा नलाग्न उनले आग्रह गरे ।

बुढी भैंसीलाई कुँडो खुवाएर दुध नआउने बताउँदै बाबुरामको राजनीति सकिएको सहपाठी देवकोटाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप