बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मतदाता भेट्न खेतवारीमै उम्मेदवार

बुधबार, २९ कात्तिक २०७४, २० : २०
बुधबार, २९ कात्तिक २०७४

कर्ण चन्द

डोटी – मतदाता भेट्न नेकपा माओवादी केन्द्रका पोलिटब्यरो सदस्य तथा डोटी २ नम्बर क्षेत्रबाट प्रदेशसभाका उम्मेदवार त्रिलोचन भट्ट खेतबारीमै पुग्ने गरेका छन् ।  मंसिर २१ गते सम्पन्न हुने प्रदेश तथा प्रतिनिधीसभा सदस्यको निर्वाचनका लागि भोट माग्न जिल्लाको बोगटान र केआईसिंह गाउँपालिकाका मतदातालाई खेतबारीमै भेटन पुगेका हुन् ।
 
सधैँ डोटेली  जनतासंगै रहेर सुख दुःख बाडेको  भएकाले पनि आफुलाई जनताले बिजयी गराउनेमा भट्टले बिश्वास ब्यक्त गरे। भट्टले भने ‘म हिजो चुनाब हार्दा पनि जनताको वीचमा रहेँ, सके अनुसार बिकास गरें, भाेिल पनि रहन्छु मैले यहाँका हरेक दुःखसंग सहकार्य गरेको छु । 

म अहिले भोट माग्नलाई जनताको खेतबारी सम्म पुगेको होईन, बिगतमा पनि जनताका यिनै खेतबारी कसरी सिचाई गर्न सकिन्छ भनेर बिकासका काम गरेको मान्छे हुँ ।’

०६४ साल देिख डोटीको दुई नम्बर क्षेत्र बामपन्थीको किल्लाको रुपमा परिणत भएका कारण यस पटक दुबैको गठबन्धन भएका बेला सहजै बिजयी हासिल गर्न सकिने भट्टको बुझाई छ । नेपाली काँग्रेसको किल्लाको रुपमा रहेको  डोटीको दुई नम्बर क्षेत्रमा ०६४ सालमा माओवादी र ०७० मा नेकपा एमालेले बिजयी हाँसिल गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप