भूकम्पपीडितलाई सहयोग गर्न इरानी ओलम्पिक च्याम्पियनद्वारा पदक लिलामीमा
तेहरान । सन् २०१६ को रियो ओलम्पिककमा भारत्तोलनमा स्वर्ण पदक जितेका इरानका एक खेलाडीले भूकम्पपीडितको सहयोगका लागि आफ्नो पदक लिलामीका राखेका छन् ।
२६ वर्षीय विश्व च्याम्पियन कियानोश रोस्तामीले यो कुरा आफ्नो इन्सटाग्राम पेजमार्फत घोषणा गरेका छन् ।
इरान र इराकको सीमामा गएको ७.३ म्याग्निच्युडको भूकम्पमा परी ४ सयभन्दा बढीको मृत्यु भएको छ भने १० हजारभन्दा बढी घाइते भएका छन् ।
यसमध्ये पश्चिमी केर्मनशाह प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । रोस्तामी पनि यही प्रान्तका वासिन्दा हुन् । उनले सानै भए पनि सहयोग होस् भनेर यो कदम उठाएको बताएका छन् ।
‘मैले रियो २०१६ ओलम्पिकमा जितेको स्वर्ण पदक फर्काउँदैछु किनभने यो पदक वास्तवमा हाम्रो जनताको हो,’ उनले भनेका छन्, ‘म यो मेडल लिलामीमा राख्दैछु । सबै रकम भूकम्पपीडितहरुका लागि जानेछन् ।’
धेरै इरानीहरुले उनको यो कदमको स्वागत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल उपमहानगरमा ४ भाषामा नागरिक बडापत्र
-
मध्यपूर्वमा भड्कियो युद्ध, को हुन् हिजबुल्लाह ?
-
‘मेयर’ले राजनीतिक फिल्मको असली स्वाद पस्किन्छ : दीपेन्द्र
-
एक दिनमा कति लिटर पानी पिउनुपर्छ ?
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : चौथो जितसँगै बागमती प्रदेश पहिलो स्थानमा
-
आलोचनापछि गृहमन्त्री लामिछानेले भने : हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन