शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरमा छाडा चौपायाको व्यवस्थापन चुनौतिपूर्ण बन्दै

बिहीबार, ३० कात्तिक २०७४, १० : ४१
बिहीबार, ३० कात्तिक २०७४

धनुषा– जनकपुर प्रस्तावित प्रदेश नं.२ को राजधानीका लागि चर्चामा छ । तर, यो शहरमा बढ्दै गएको सवारीसाधनको चाप र छाडाा चौपाया व्यवस्थापनको विषय ट्राफिक प्रहरीलाई टाउको दुखाई बनेको छ । 

राजमार्ग, प्रमुख बजार र भित्री सडकमा छाडा चौपायाको आतंक नै हुन्छ । यो आतंक नियन्त्रणमा बेला बेला हुने प्रायास प्रभावकारी हुन सकेका छैनन । तर, पछिल्लो समय यसको व्यवस्थापनमा लागेको छ ट्राफिक प्रहरी ।

‘छाडा चौपायाका कारण सडक दुर्घटना हुने गरेको छ , चौपायाकै कारण दुर्घटना हुँदा कैयौको ज्यान समेत जाने गरेकाले समस्या समाधानका लागि अभियान सुरु गरेका हौ, ’धनुुषा ट्राफिक प्रमुख हरिनन्दन चौधरीले भने ।

चौधरीले भने ‘यो काम उपमहानगरको हो तर, जनप्रतिनिधीले ध्यान नदिएपछि बाध्य भएर हामी लागेका छौ । सडकमा वथान बनाएर बसेका गाई,बाछाबाछी आएकै दिशातिर लखेट्न थालेको छौ ।’ छाडाचौपाया नियन्त्रण गर्ने मुख्य जिम्मेवारी जनकपुर उपमहानगरपालिका भएपनि पटक पटक आग्रह गर्दा कुनै पहल नगरेको ट्राफिक प्रहरीको गुनासो  छ । सडकमा गाइबस्तु लखेट्दै गरेका चौधरीले भने ‘यसरीनै गाईवस्तुलाई आएको दिशातिर खेद्ने र पशुधनीलाई सम्झाई बुझाई आफ्नो घरमै बाँधेर पाल्न आग्रह गर्ने अभियान शुरु गरेका छौ ’ट्राफिक प्रहरी प्रमुख चौधरीको भनाई छ ।

मंगलबार पहिलो दिन जनकपुरको जिरोमाईलचोक , ट्राफिक प्रहरी कार्यालय अगाडी र वस पार्कको सडकमा रहेको गाईवस्तुको हुललाई ट्राफिक प्रहरीले खेदेर पशुधनीको घरमा पुगाएको थियो ।पछिल्लो समय सडकमै खुल्ला गाईवस्तु पाल्ने क्रम बढेपछि ट्राफिक व्यवस्थापन असहज हुँदा जनगुनासो बढेको छ । दुध दिदा सम्म घरमै राख्ने र दुध दिन छाडेपछी (थारो) त्यसै छाडिदिने कारणले पनि सडक चौपाया बढेका हुन् । बिगतमा पनि सडक चौपाया ब्यबस्थापन गर्न अभियान सुरु भएका थिए । तर त्यति प्रभाबकारी बन्न सकेको थिएन् ।

छाडाचौपाया आतंक स्थानीय निकायमा जनप्रतिनिधि आउँदा नियन्त्रण गर्लान् कि भन्ने अशा लगाएका ट्राफिक प्रहरी र सर्वसाधारण जनप्रतिनिधि मुकर्दशक भएपछि निराश भएका छन् । जनकपुर उपमहानगरपालिकाका मेयरदेखि वडासम्ममा निर्वाचित जनप्रतिनिधि जनकपुरको ठुलो समस्याको रुपमा रहेको फोहर व्यवस्थापन र छाडाचौपाया नियन्त्रणलाई मतलब नगरी आ–आफ्ना मंसिर २१ गते हुन गईरहेको प्रतिनिधि र प्रदेश सभाका पार्टीका उम्मेदवारलाई जिताउन दिनरात चुनावी प्रचार प्रसारमा भिडेका छन् ।

मुख्यतः जनकपुरको रामानन्दचोक, पिडारीचोक, मुरलीचोक, शिवचोक, जनकचोक लगायतकोचोक र सडकहरुमा जताततै छाडाचौपायाको हुल दैनिक देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप