बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जापान एयरलाइन्सको कार्गो सेवा सुरु

बिहीबार, ३० कात्तिक २०७४, ११ : ५९
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौं–जापान एयरलाइन्सले नेपालवाट कार्गो सेवा सुरु गरेको छ । विश्वको उत्कृष्ट एयरलाइन्स मध्येको एक जापान एयरलाइन्सले आधुनिक विमान मार्फत विश्वका ९२ वटा गन्तव्यमा आफ्नो सेवा प्रदान गर्दे आईरहेको  छ । जापान एरलाइन्सले नेपालका लागि स्टारलाईट एक्प्रेसलाइ जेएसएको रुपमा लिएको छ ।  

स्टारलाईट एक्प्रेस्का प्रवन्ध निर्देशक सुन्दर दाहालले यो सेवा नेपाल र नेपालीको लागि गौरवको विषय भएको बताउँदै सेवाले नेपाल र जापान वीचको दुई देशको आर्थिक सहयोगमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने जनाए ।  स्टारलाईट एक्प्रेस् व्यवसायिक सुद्धता र इथिकस्लाई मूख्य आधार मानिएको छ ।

  हाल नेपालवाट दिल्ली सम्म नेपाल एयरलाईन्स र दिल्लीवाट जापान सम्म जापान एयरलाइन्स मार्फत हरेकदिन कार्गो सेवा उपलब्ध गराउदै आएको छ । 
उच्चस्तरी सेवा र सुविधा  सहित सेवा विस्तार गरिरहेको जापान एयरलाइन्सको दर–रेट अहिले वजारमा चलिआएको दर–रेट भन्दा कम रहेको पनि कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप