बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जुत्ताभित्रबाट लुकाइएको  ३५ हजार डलर बरामद

बिहीबार, ३० कात्तिक २०७४, १४ : १९
बिहीबार, ३० कात्तिक २०७४

मकवानपुर– मकवानपुर प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको ३५ हजार अमेरिकी डलर बरामद गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले रातोमाटे चेकपोष्टमा काठमाडौबाट हेटौडा हुदै बिरगंज जादै गरेको ना ६ ख ६२९१ बसबाट उक्त डलर बरामद भएको हो । 

बसमा यात्रारत भेडीहारी पुर्वी चम्पारण विहार बस्ने २५ बर्षका शेषनाथ प्रसादले लगाएको जुत्ता भित्र लुकाई छिपाई बिभिन्न नम्बरका अमेरीकी डलर ३५ हजार बरामद गरेको प्रहरीले जनाएको छ । 

प्रसादलाई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान बिभाग, हरिहर भबन ललितपुर काठमाडौमा बुझाउने तयारी भैरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप