मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अशोक लेल्याण्डद्वारा नयाँ बस संचालनमा

बिहीबार, ३० कात्तिक २०७४, १४ : ३५
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौं– अशोक लेल्याण्ड ब्य्राण्डका १० थान सुविधाका गाडीहरु संचालमा आएको छ । आइएमई मोटर्स द्धारा  विक्री वितरण गरिने गाडीलाई चक्रपथ परिव्रmमा गर्ने गरी सञ्चालनमा ल्याएको हो । 

३४ सिटको बस  बुढानिलकण्ठ, जमल, सहिदगेट माईव्रmोबस व्यवसायी समिती अन्तर्गतको बुढानिलकण्ठ यातायातप्रा.ली. ले सञ्चालनमा ल्याएको हो । 

अशोक लेल्याण्डले यात्रुहरुको सुविधालाई मध्यनजर गर्दै गाडीमा वाइफाई, सीसीटीभी, पब्लिक अनाउन्समेन्ट प्रणालीलगायत विभिन्न सुविधा राखेको जनाएको छ ।

बसले   चक्रपथ परिव्रmमागर्दै बुढानिलकण्ठ सम्म सेवा उपलब्ध गराउने संस्थाका अध्यक्ष बाबुराज महर्जनले बताए ।

यस्तै समिती सदस्य भरत बस्नेतले निकट भविष्यमा थप उत्कृष्ट बस सञ्चालनमा ल्याउने पनि बताएका छन् । सो बस निकट भविष्यमा रुट नं ५ मा पनि सञ्चालनमा ल्याउने जनाईएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप