शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी @ ब्याटल ग्राउन्ड : जहाँ बाबुराम त्यहाँ नारायणकाजी, जहाँ नारायणकाजी त्यहाँ बाबुराम (फोटोफिचर)

बिहीबार, ३० कात्तिक २०७४, १४ : ५९
बिहीबार, ३० कात्तिक २०७४

गोरखा । तनहुँलाई छाडेर गोरखा नगरपालिकाको सिमानामा प्रवेश गरेपछि बल्ल चुनाव लागेको फिल हुन्छ । दरौँदीको पुल क्रस गरेर गोरखा सदरमुकामतिर अगाडी बढ्नासाथ बाक्लै पोष्टर र पम्प्लेटहरु देखिन्छन् । बजार क्षेत्रका घर, चौतारा तथा प्रतिक्षालयमा टालिएका निर्वाचन सामग्रीहरु अधिकांश नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र माओवादी नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ का छन् । 

नेकपा (माओवादी)को ब्यानरमा सँगै राजनीति गरेका यी दुई ‘पूर्व सहकर्मी’ को चुनाव प्रतिस्पर्धा निकै टकरावपूर्ण छ । यतिसम्मकी बाटोघाटोमा राखिएको एउटा पक्षको ब्यानर अथवा फोटोसँगै अर्को नेताको फोटो झुण्ड्याइको छ । नारायणकाजी श्रेष्ठको प्रचार सामग्रीको साथमा एमालेको झण्डा तथा बाबुरामको आँखा चिन्हको साथमा नेपाली काङ्ग्रेसको रुख चिन्ह देख्न सकिन्छ । 

बाम गठबन्धनका तर्फबाट गोरखा–२ का साझा उम्मेद्वार नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार डा. बावुराम भट्टराईले आ–आफ्नो प्रचारलाई युद्धस्तरमा अगाडी बढाएका छन् । मंगलबार नारायणकाजी श्रेष्ठ पालुङ्टारमा भाषण गर्दै गर्दा डा. भट्टराई गोरखा नगरपालिकाको बजार क्षेत्रमा कोणसभा गर्दै थिए । 

तनहुँको तुरतुरे खोलाबाट पालुङटारतर्फ अगाडी बढ्दा एउटा सानो बस्ती भेटिन्छ । उक्त बस्ती पनी दुवै नेताको प्रचार सामग्रीले रंगिएको छ । त्यहाँबाट पालुङटार सम्म पुग्दा त्यस्तै रंगी, बिरंगी झण्डाहरु र दुई नेताका तस्बिर अंकित ब्यानर लगभग सँगसँगै भेटिन्छन् । 

पकड क्षेत्र नयाँ शक्तिको होस्, अथवा माओवादी केन्द्रको ? दुवै नेताले गोरखा–२ का बजार क्षेत्रमा आक्रामक प्रचार गरेर आफ्नै पकड रहेको सन्देश दिएका छन् ।

कस्तो देखिन्छ त, बाबुराम र नारायणकाजीको पोष्टर टाँस्ने होडबाजी ? 

हेर्नुस् फोटोमा


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप