शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा नारायणकाजी सहभागि बैठकस्थल नजिकै ‘प्रेसर कुकर बम’ विष्फोट

बिहीबार, ३० कात्तिक २०७४, १६ : ३१
बिहीबार, ३० कात्तिक २०७४

गोरखा– गोरखा–२ बाट प्रतिनिधिसभा तर्फका उम्मेद्वार नारायणकाजी श्रेष्ठ सहभागी बैठक स्थल नजिकै बम विष्फोट भएको छ ।

बम विष्फोटका कारण बाम गठबन्धनको प्रचारमा प्रयोग भएको बा २ च ९४६३  नम्बरकाे गाडीको अघिल्लो भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी भेषराज रिजालले जानकारी दिए । 

प्रहरीका अनुसार करिब १५ दिनअघि बाम गठबन्धनको प्रचारका लागि गोरखा आएको काठमाडौं–१५ नयाँबजार बस्ने टाँसी शेर्पाको गाडीलाई  लक्षित गरेर बम विष्फोट गराईएको छ । 

बिहीबार गोरखा नगरपालिका स्थित आज १२ किलो चोकबाट सिर्दी खोलामा उत्तः गाडी धुन लाने क्रममा विष्फोट भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप