वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले दियो एकअर्का विरुद्ध आचारसंहिता उल्लंघनका उजुरी
रसुवा । यहाँ निर्वाचन आचारसंहिता उल्लंघनको उजुरी परेपछि छानबिन कार्य शुरु भएको छ ।
मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुबैले एकअर्का विरुद्ध आचारसंहिता उल्लंघन गरेको उजुरी दिएपछि केन्द्रीय र जिल्लास्तरको संयुक्त अनुगमन टोलीले दक्षिणी रसुवामा अनुगमन शुरु गरेको हो ।
निर्वाचन आयोगका सहसचिव गणेशराज वस्तीको नेतृत्वमा रसुवा जिल्लाका सरकारी न्यायाधिवक्ता वासुदेव लम्सालसहितको टोलीले आजैदेखि अनुगमन शुरु गरिसकेको छ ।
पर्न आएका उजुरीमा तोकिएको आकारभन्दा ठूलो ब्यानर, धेरै मात्रामा सवारी साधनको प्रयोग, विद्यार्थी र विद्यालय चुनावी सभामा प्रयोगजस्ता आरोप लगाइएको बुझिएको छ ।
कुन पक्षबाट के कस्ता विषयमा आचारसंहिता उल्लंघन भयो स्थलगत निरीक्षणको प्रतिवेदन आएपछि सार्वजनिक गरिने र पहिलो चरणमा उजुरी पर्नासाथ टेलिफोनबाटै सचेत गराउने कार्य भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा
-
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम
-
उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
-
भारतीय प्रधानमन्त्री मोदी र राहुलको भाषणमाथि निर्वाचन आयोगको नोटिस