शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चिनी आयातमा महशुल बढाउने मेलो : किसानलाई राहत, उपभोक्तालाई आहात

बिहीबार, ३० कात्तिक २०७४, १६ : ५९
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौं–कृषि मन्त्रालयले आयातित चिनीमा ३५ प्रतिशत ट्याक्स बढाउने विषयमा सरोकारवालासँग छलफल थालेको छ । हाल कायम रहेको आयात महशुल १५ प्रतिशतबाट वृद्धि गरी ५० प्रतिशत पुर्याउँन चिनी उद्योग संघको सुझाव अनुसार मन्त्रालयले यसवारे छलफल सुरु गरेको हो ।

कात्तिक ८ गतेको सचिवस्तरिय बैठकले पनि संघको माग जायज रहेको निश्कर्ष निकालेको छ । नेपालमा खपत हुनेमध्ये बार्षिक करिव ५० हजार मेट्रिक टन चिनी भारतबाट आउने गरेको छ । 

महशुल बृद्धिले किसानलाई  हित
चिनीको भन्सार आयात महशुल बृद्धि गर्ने विषयमा कृषि मन्त्रालयका उपसचिव तथा  वरिष्ठ अर्थविज्ञ शिरिष पुन आयात शुल्क बढे नेपाली किसानलाई फाइदा हुने बताउँछन् । स्थानीय उत्पादनलाईनै प्राथमिकता दिन भन्सार आयात महशुल बढाउने विषयमा छलफल थालिएको पुनको भनाई छ । 

उता चिनीको  आयात मुल्य ५० प्रतिशत बढाउने चर्चा भइरहेका बेला छिमेकी मुलुक भारतले चिनीको निर्यात ट्याक्स ६० प्रतिशत पुर्याएको छ । नेपालको उत्पादनले कति धान्छ र बाहिरबाट कति आयात गर्नुपर्छ भन्ने योजना तर्जुमा गर्ने काम भइरहेको उपसचिव पुनले बताए । उनका अनुसार आयात महशुल बढाउने नबढाउने विषयमा अर्थ मन्त्रालय,वाणिज्य मन्त्रालय,उद्योग मन्त्रालय र आपूर्ति मन्त्रालयको छलफलपछि मात्र निाणर््ाय हुनेछ ।

यसो भन्छन् उद्योग मन्त्रालयका सहसचि 
यता उद्योग मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रदिप कुमार कोईरालाले पनि आयात महशुल बढाउने विषयमा छलफल भईरहेको बताए । नेपालको उत्पादनले कति धान्न सक्छ र कति आयात गर्नुपर्ने भन्ने विषयमा छलफल भईरहेकाले यतिनै महशुल बढाउने भन्ने निश्कर्ष आइनसकेको कोइरालाको भनाई छ । 

भारतको प्रभाव 
चालु आ.व मा नेपालमा उखुको उत्पादन करीव २५ प्रतिशत बृद्धि हुने अनुमान कृषि मन्त्रालयको छ । तर, भारत लगायत अन्य मुलुकबाट सस्तो मुल्यमा चिनी आयात गरिदा स्वदेशी उखु र चिनीको बिक्री बितरणमा असर पर्दै आईरहेको छ । भारतबाट सस्तो मुल्यमा चिनी किन्न पल्किएपछि स्थानीय चिनी उद्योगहरुले उखु कृषहरुबाट उखु कम किन्ने गरेका छन् । नेपालका उखु किसानहरुको संरक्षण र स्वदेशी कृषिजन्य उद्योगलाई धराशयी हुनबाट जोगाउनुपर्ने आवाज बढ्दै गएको छ ।
कृषकको बहानामा उपभोक्ता मारमा 
सरकारले भन्सार आयात महशुल बढाउँदा बाहिरी देशबाट कम चिनी आयात हुने र नेपालको उत्पादनले बजार पाउने विश्वास लिइएपनि भन्सार आयात महशुल बढाउदा चिनीको मुल्य बढ्ने निश्चित जस्तै छ ।

स्थानीय उत्पादनले नपुगे अहिले ८५ रुपैयाँ पर्ने चिनी त्यो समयमा १ सय १५ रुपैयाँमा किन्नुपर्ने हुनसक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप