शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बन्न भयो भैरे, दयाहाङ हिरो

बिहीबार, ३० कात्तिक २०७४, १७ : १४
बिहीबार, ३० कात्तिक २०७४

काठमाडौं –अभिनेता दयाहाङ राई ‘भैरे’बन्ने भएका छन् । चलचित्र ‘भैरे’मा उनले भैरे नामक क्यारेक्टरको भुमिका निर्बाह गर्न लागेका हुन् । 

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले चलचित्रको घोषणा गर्यो । चलचित्रमा दयाहाङ्ग राई, सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, बर्षा सिवाकोटी, बुद्दि तामाङ्ग, अर्जुन गुरुङ्, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतको अभिनय रहनेछ ।

‘भैरे’लाई एभरेष्ट सुर्य बोहराले निर्देशन गर्न लागेका हुन् । बोहराले यसअघि अग्निपरिक्षा, कान्छा, मुटु, ठुली लगायतका चलचित्रहरु निर्देशन गरेका थिए । ४० दिन छायांकन सेडुल निर्धारण गरिएको चलचित्र काठमाडौं, पोखरा र मुस्ताङ्गमा छायांकन हुनेछ । चलचित्रको छायांकन ४ मंसिरबाट शुरु  हुने जानकारी दिइयो ।
 
नेपालय सिनेमा इन्टरनेशनल प्रा.लि.को ब्यानरमा बन्ने ‘भैरे’का निर्माता प्रेम प्रसाद पौडेल हुन् । देवि माया अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा यम बराल, लेख बहादुर गुरुङ् (डेनिम) र रघु पुरी सह–निर्माता रहेका छन् । 

पुरुषोत्तम प्रधानले छायांकन, बसन्त सापकोटा, अर्जुन पोखरेल र यम बरालको संगीत रहने चलचित्रमा कविराज गहतराजको नृत्य र सुर्य थोकर र चन्द्र पन्तको द्वन्द्व रहनेछ । 


– कार्यक्रममा अभिनेता दयाहाङ्ग राईले चलचित्रको कथावस्तु राम्रो रहेको भन्दै बाँकी चलचित्र रिलिज भएपछि नै बोल्ने बताए । 
– अभिनेत्री सुरक्षा पन्तले चलचित्रको स्क्रिप्ट पढ्दा एकदमै मज्जा आएको  बताईन् । उनले राम्रो टिमबाट भएकोले चलचित्र राम्रो बन्ने बताइन् । 
– अभिनेत्री बर्षा सिवाकोटीले चलचित्रको कथा अत्यन्त राम्रो र रमाइलो रहेको बताईन् । 
– संगीतकार, गायक तथा ‘भेरै’का सहद्घनिर्माता यम बरालले चलचित्र उद्योगलाई केहि योगदान गर्न सक्छौँ भन्ने ध्येयले चलचित्रमा लगानी गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप