बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा कार र बस ठोक्किदा पाँचको मृत्यु

बिहीबार, ३० कात्तिक २०७४, १७ : १६
बिहीबार, ३० कात्तिक २०७४

नयाँ दिल्ली । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा कार र यात्रुवाहक बस एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको प्रहरीले बिहीबार जानकारी दिएको छ । 

उत्तर प्रदेशको प्रान्तीय राजधानी लखनउबाट ५ सय किलोमिटर टाढा रहेको साहरनपुन जिल्लामा सो दुर्घटना भएको थियो । 

यस घटनामा परी कारमा रहेका पाँचै व्यक्तिको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो । घाइते भएका यात्रुवाहक बसका यात्रुहरुलाई भने नजिकै अस्पतालमा उपचारको लागि भर्ना गरिएको बताइएको छ । 

उच्च गतिमा रहेको बस चालकले आफ्नो नियन्त्रण गुमाउदा विपरीत दिशाबाट आइरहेको कारसँग बस ठोक्किएको प्रहरीले जानकारी दिएको छ । 

सरकारले यस घटनाको अनुसन्धानको लागि आदेश दिएको छ । विश्वका अन्य देशहरुको तुलनामा भारत हुने सडक दुर्घटनाको सङ्ख्या उच्च रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप